कैलाली कारागारमा रहेका एक कैदीको मृत्यु, परिवारले गरे हत्याको शंका  | Khabarhub Khabarhub

कैलाली कारागारमा रहेका एक कैदीको मृत्यु, परिवारले गरे हत्याको शंका 


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका– ५ का २८ वर्षीय हरिश पालीको उपचारको क्रममा मृत्यु भएको हो । उनी बैंकिङ कसुर मुद्दाका प्रतिवादी थिए ।

कैलाली कारागारका जेलर पदम तिमिल्सिनाले अचेत अवस्थामा भेटिएका पालीलाई सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

मृत्युको कारण स्पष्ट नभए पनि अस्पताल पुऱ्याउँदा पालीलाई उच्च ज्वरो र रक्तचाप निकै कम रहेको पाइएको तिमिल्सिनाले बताए ।

पालीको मुख, खुट्टा तथा शरीरका अन्य भागमा समेत चोटपटक र निलडाम देखिएपछि आफन्तले उनको हत्या भएको दाबी गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । उनको शव प्रादेशिक अस्पतालमा रहेको छ ।

पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना गरेको थियो ।
त्यही बेलादेखि फरार रहेका उनलाई कैलाली प्रहरीले यही असार १ गते पक्राउ गरेर कारागार चलान गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी प्रहरीले परिवारलाई मङ्गलबार बिहान दिएको थियो । प्रहरीले बिरामी भएर उपचारको क्रममा मृत्यु भएको बताए पनि आफन्तहरूले यो सामान्य मृत्यु नभई हत्या भएको दाबी गर्दै आएका छन् ।

आफन्तले कारागार प्रशासनसँग सीसीटीभी फुटेज माग्दा सुरुवातमा देखाउने भनिए पनि पछि ‘फुटेज बिग्रिएको’ भन्दै अस्वीकार गरिएको उनीहरूको आरोप छ । मृतकका परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाहीको माग गरेका छन्  । न्याय सुनिश्चित नभएसम्म शव नउठाउने उनीहरूको अडान छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ८ : ४५ बजे

किशोरीलाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

काठमाडौं – एकजना १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

चलचित्र विकास बोर्डको बक्स अफिस एपमा प्राविधिक समस्या

काठमाडौं- चलचित्र विकास बोर्डको बक्स अफिस एपमा प्राविधिक समस्या देखिएको

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौं- ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका

अमेरिकी प्रतिबन्धपछि भारत रूसी कच्चा तेलबाट परिवर्तन हुनसक्छ : विश्लेषकहरू

नयाँ दिल्ली- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई ठूला तेल

साखर सडक भाँसिदा पृथ्वी राजमार्ग एकतर्फी

काठमाडौं- मुग्लिन–आँबुखैरेनी खण्ड अन्तर्गतको साखर सडक भाँसिदा पृथ्वी राजमार्ग एकतर्फी