विद्यालयमा 'पढ्दै कमाउँदै' कार्यक्रम प्रभावकारी बन्दै | Khabarhub Khabarhub

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाजुराको बडीमालिका नगरपालिका– २ स्थित सत्यवादी माध्यामिक विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

गएको शैक्षिक सत्रबाट विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत कृषि खेती सुरु गरिएको प्रधानाध्यापक मानबहादुर हमालले जानकारी दिए । उनका अनुसार अभिभावकको मञ्जुरी र विद्यार्थीको सहमतिका आधारमा खेतीमा आवद्ध गराएको बताए ।

कक्षा ७ देखि १० सम्मका ४५ जना बालबालिका कृषि खेतीमा आवद्ध छन् । बडीमालिका– २ वडाको गौरवको योजना अन्तर्गत मौसमी, बेमौसी तरकारी, आलु, प्याजसहितको खेती सुरु गरिएको वडाअध्यक्ष डम्मर महतले बताए ।

विद्यालयमा २ सय बढी विद्यार्थी अध्ययनरत छन् । ती मध्ये सहमत भएका ४५ जनालाई मात्रै सहभागि गराइएको हो । 

विद्यार्थी विद्यालय समय बाहिर खाली बस्ने, अनावश्यक घुमफिर गर्ने र विद्यालयको पाठ्यक्रममा समावेश शिक्षाले ज्ञान आर्जन बाहेक कुनै सीप नसिक्ने अवस्था रहेकाले खेती लगाउन सुरु गरिएको महतको भनाइ छ । महत वडाध्यक्ष हुनुअघि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिए ।

विद्यालयले ५ रोपनी जमिन भाडामा लिएको छ । विद्यालय नजिक रहेको जमिन कृषि खेतीकै लागि भनेर भाडामा लिएर पहिलो वर्ष उत्पादन समेत सुरु गरिसकेको छ । जमिनको भाडा तिर्न र बीउबिजन, औजार उपकरणका लागि वडाले ५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

खेती सुरु गरेको पहिलो सिजनमा आलु र प्याज उत्पादन गरिएको छ । करिब १५ क्विन्टल प्याज र ८ क्विन्टल आलु फलाएको र बर्खे सिजनको कृषिबाली लगाउन थालिएको विद्यालयले बताएको छ । विद्यालयबाट श्रोत शिक्षकको रुपमा यज्ञ रोकायालाई जिम्मेवारी दिएको छ । उनी विद्यालयको प्रावि तहका स्थायी शिक्षक हुन् ।

विद्यालयमा मौसमी, बेमौसमी तरकारी र केरा, च्याउ, उखु सहितको खेती गर्न थालिएको छ ।

हाल बाजुरा बजारमा प्याज ६० देखि ७० र आलु ४० देखि ५० रुपैयाँ प्रतिकेजी छ । उत्पादन गरिएको प्याज र आलु बिक्री गर्दा करिब डेढ लाख बढी हुन आउँछ । एउटै सिजनमा ४० जना अप्राविधिक विद्यार्थीले डेढ लाख कमाएपछि अभिभावक र शिक्षक दुबै हौसिएका छन् ।

कुल आम्दानीको २० प्रतिशत विद्यालयलाई दिने र बाँकी ८० प्रतिशत विद्यार्थीलाई दिने कार्यविधि बनाइएको छ । विद्यार्थीको बैंक खाता अनिवार्य खोल्ने र उनीहरूको कमाई त्यही खातामा राखिदिने कार्यविधिमा उल्लेख छ ।

बडीमालिका नगरपालिका भित्र २४ वटा सामुदायिक विद्यालय छन् । तीन मध्ये सत्यवादी मावि भौनेरा र चोयाकोट मावि रजालीमा पढ्दै कमाउँदै कार्यक्रम छ । सबैविद्यालयमा जोड्ने गरि नीति बनाउन लागिएको नगर प्रमुख अमर खड्काले बताए । चोयाकोटमा पनि तरकारी, चोयाका डोका, डस्टबीन र कुचा उत्पादन गर्ने गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १० : ४० बजे

श्रीकृष्णजन्मष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्णजन्माष्टमी पर्व आज (शनिबार) देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी

टप टी-२० सिरिज : दोस्रो खेलमा आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियामा जारी भएको टप इन्ड टी-२० सिरिजमा नेपालले

इंग्लिस प्रिमियर लिग : लिभरपुलको विजयी सुरुवात

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात

पुटिनले भने- अर्को पटक मस्कोमा, ट्रम्पको जवाफ- त्यो सम्भव छ

अलास्का- युक्रेन युद्ध रोक्न भएको अमेरिका-रूस वार्ता सहमति नजुटी सकिएको

म्याग्दीको गाजनेमा स्याउ उत्पादन सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँमा परीक्षणको रूपमा गरिएको स्याउखेतीले