स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा उपकुलपति नियुक्तिका लागि आवेदन माग  « Khabarhub

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा उपकुलपति नियुक्तिका लागि आवेदन माग 


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले रिक्त रहेका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा उपकुलपति नियुक्तिका लागि आवेदन माग गरेको छ । 

उपकुलपति सिफारिस समितिको सचिवालयले सार्वजनिक सुचना जारी गर्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग गरेको हो । 

स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धि मापदण्ड, २०७३ अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन भनिएको छ । 

त्यसका साथै प्रतिष्ठानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तयार पारिएको व्यवसायिक कार्ययोजना समेत शिलबन्दी गरेर बुझाउन भनिएको छ । सचिवालयले भनेको मापदण्डअनुसार चार वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवश्यक योग्यता फरक-फरक छन् । 

विज्ञहरुले भने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु प्राज्ञिक थलो पनि भएको हुँदा एकै किसिमको मापदण्ड बनाएर प्राज्ञिक व्यक्तिलाई नै उपकुलपति बनाउनुपर्नेमा जोड दिँदैं आएका छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १२ : १६ बजे

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी

हायसको ठक्करबाट एक जनाको मृत्यु

बाँके– राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट