एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति | Khabarhub Khabarhub

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न १३६ करोड रुपैयाँ वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । 

उक्त सहमतिपत्रमा बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र हाईड्रो पावरका तर्फबाट अध्यक्ष बिजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ ।

मनाङको नासोङ गाउँपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटडद्वारा प्रवर्द्धित परियोजना हो । यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई ईपीसी मोडलमा ठेक्का लगाइएको छ र यसबाट उत्पादित विद्युत् मनाङको धारापानीस्थित सब स्टेशनबाट राष्ट्रिय गीडमा जोडिने छ । 

यस परियोजनाको लागि नेपाल विद्युत् प्राधिकरण र चिनो हाईड्रोपावर लिमिटेडबीच विद्युत् खरिद बिक्रि सम्झौता गत वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६२ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १ : ४३ बजे

सभामुखको छलफलमा दलहरूको निष्कर्ष : संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक

काठमाडौं– सभामुख देवराज घिमिरेले आयोजना गरेको छलफलमा दलहरूले गत भदौ

इटालीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’ : अध्ययन

मिलान– इटालीमा सन् २०२४ मा करिब १० जनामध्ये एक जना

सभामुखलाई ज्ञानेन्द्र शाहीले भने : जेन-जीका माग पूरा नभएसम्म संसद् पुनःस्थापना नगरौँ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि

कार्यक्रम सञ्चालन पूर्व स्थानीय तहको स्वीकृति लिन आग्रह

गण्डकीं– कास्की जिल्ला प्रशासन कार्यालयले कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व सम्बन्धित

कामपा-२६ मा ‘डिजिटल ठेगाना प्रणाली’ शुभारम्भ

काठमाडौं–  काठमाडौं महानगरपालिका-२६ ले ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल