ड्यालसमा महावाणिज्य दूतावास सञ्चालन प्रक्रिया अघि बढ्यो « Khabarhub

ड्यालसमा महावाणिज्य दूतावास सञ्चालन प्रक्रिया अघि बढ्यो


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

टेक्सास– नेपाल सरकारले अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा स्थापना गर्न लागेको महावाणिज्य दूतावास कार्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।

ड्यालसका लागि नेपाल सरकारद्वारा सहसचिव तथा महावाणिज्यदूतको जिम्मेवारीमा नियुक्त भएका सुरेश अधिकारीले कार्यालय स्थापनाका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिए । नेपाली समाज टेक्सासद्वारा मङ्गलबार ड्यालसमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा महावाणिज्यदूत अधिकारीले दूतावास रहने स्थानको छनोट र अमेरिकी सरकारबाट स्वीकृति प्राप्त भएपछि सेवा प्रारम्भ गरिने जानकारी दिए ।

ड्यालसमा स्थापना हुन लागेको महावाणिज्य दूतावासले टेक्सासका अतिरिक्त ओक्लाहोमा, अर्कान्सास, लुजियाना, न्यू मेक्सिको, कन्सास, मिसिसिपी र कोलोराडो राज्यमा बसोबास गर्ने नेपाली समुदायलाई सेवा प्रदान गर्ने बताइएको छ ।

महावाणिज्य दूतावास कार्यालयका लागि परराष्ट्र मन्त्रालयले चार जना कर्मचारी पदस्थापन गरेको छ । तीमध्ये सहसचिव अधिकारी र उपसचिव धना जोशी हाल ड्यालसमा रही नेपाली समुदायका अगुवासँग छलफल तथा समन्वयमा संलग्न छन्।

कार्यक्रममा सहभागी नेपाली समुदायका अगुवाहरूले ड्यालसमा स्थापना हुन लागेको महावाणिज्य दूतावासलाई नेपाली समुदायकै आवश्यकता र सम्पत्ति भएको उल्लेख गर्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

टेक्सासमा महावाणिज्य दूतावास स्थापनाका लागि नेपाली समाज टेक्साससहित नेपाली समुदायका विभिन्न संस्थाहरूले विगत लामो समयदेखि पहल गर्दै आएका थिए । कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले ड्यालसमा महावाणिज्य दूतावास स्थापना अभियानमा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरे।

त्यस अवसरमा युलेश सिटीका उपप्रमुख टिका पौडेल, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, नेपाली समाज टेक्ससका पूर्वअध्यक्ष प्रेम अधिकारी, गैरआवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, पानस अमेरिकाका अध्यक्ष रवि रावल, प्रवासी नेपाली मञ्च अमेरिकाका सचिव विजय भट्टराई, ग्रेटर अस्टिन नेपाली समाजका कोषाध्यक्ष धिरेन्द्र यादव, नेपाली जनसम्पर्क समिति ड्यालसका अध्यक्ष ज्ञानेन्द्र कार्की, जनप्रगतिशील मञ्च अमेरिकाका प्रतिनिधि ओम लामिछाने र नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष सुरज भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

रासस
 

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १ : २६ बजे

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी