प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत | Khabarhub Khabarhub

प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले असार १६ गतेदेखि हुने प्रधानमन्त्रीको स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।  

बुधबार सिंहदरबारमा असार २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले असार १६ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्रीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणका सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको जानकारी दिए । प्रधानमन्त्रीको नेतृत्वमा २१ सदस्य प्रतिनिधिमण्डल स्पेन जाने उनले बताए  ।

मन्त्रिपरिषद्ले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । 

त्यस्तै दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अरब ८ करोड ८० लाख नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने र विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थासँग रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि करिब २९ अर्ब ७२ करोड नेपाली रुपैयाँ बरावरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । 

बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुङ्गानालाई कानून मन्त्रालयको सचिव पदमा सरुवा गर्ने निर्णय भएको उनले जानकारी दिए ।  

प्रवक्ता गुरुङले निजामती विधेयकलाई रोक्नुपर्ने कुनै कारण नभएको भन्दै प्रतिनिधिसभामा पेश भएर छलफल भएपछि पारित हुने बताए  । विधेयक रोक्न सरकारलाई कर्मचारीले दबाब दिएको भन्ने हल्लामा सत्यता नरहेको उनले उल्लेख ग रे।  

प्रवक्ता गुरुङले सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउँदै लैजाने सरकारको नीति रहेको बताए  । 

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  २ : ३० बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक