वाम लोकतान्त्रिक आन्दोलनले नै देशमा ठूला आन्दोलनहरू सफल भए  : मन्त्री पाण्डे « Khabarhub

वाम लोकतान्त्रिक आन्दोलनले नै देशमा ठूला आन्दोलनहरू सफल भए  : मन्त्री पाण्डे


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकमा भएका ठूला राजनीतिक परिवर्तनहरू वाम लोकतान्त्रिक शक्तिहरूको सहकार्यकै कारण सफल भएको बताएका छन्।

बुधबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८१’ समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले देशको ऐतिहासिक आन्दोलनहरूमा वाम लोकतान्त्रिक शक्तिको योगदान निर्णायक रहेको बताए।

‘पुष्पलालले देखाएको बाटो वास्तवमै सार्थक छ। वाम र लोकतन्त्र फरक धारका राजनीति भए पनि पुष्पलाल र बीपी कोइरालाबीच गहिरो सम्बन्ध थियो,’ मन्त्री पाण्डेले भने, ‘बीपी भन्नुहुन्थ्यो, म राजनीतिक कार्यक्रम लेख्छु, तपाईं आर्थिक कार्यक्रम लेख्नुहोस् भनेर। यस्ता कुराहरू पढ्न पाइन्छ।’

उनले पुष्पलालको योगदानलाई आजको पुस्ताले बुझ्न आवश्यक रहेको भन्दै पुष्पलाललाई सीमित व्यक्तिले मात्र चिन्ने अवस्था अन्त्य गर्नुपर्ने धारणा राखे। ‘पुष्पलाल राष्ट्रिय पुरस्कार निरन्तर सञ्चालन हुन्छ। यो विचारको निरन्तरता हो,’ मन्त्री पाण्डेले स्पष्ट पारे ।

उनले २०६२-०६३ को जनआन्दोलनदेखि संविधान सभामार्फत संविधान जारी हुनुमा वाम र लोकतान्त्रिक शक्तिहरूको सहकार्यले नै सफलता दिलाएको दाबी गरे। 

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट विभिन्न विधामा योगदान गर्ने व्यक्तिहरूलाई पुरस्कार प्रदान गरिएको थियो। राजनीतिक सैद्धान्तिक विधामा अर्घाखाँचीकी शान्ता मानवी, इतिहास विधामा मोरङका डा. मेदनप्रसाद सेढाईं, तथा जनकी–उदयपुरका राममणी पोखरेललाई पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  २ : ३६ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित