नेपाली महावाणिज्य दूतावासबाट नेपाल-चीन व्यापार सहजीकरणबारे‍ अन्तरक्रिया « Khabarhub

 नेपाली महावाणिज्य दूतावासबाट नेपाल-चीन व्यापार सहजीकरणबारे‍ अन्तरक्रिया


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल–चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया गरेको छ ।

लोमान्थाङमा भएको अन्तरक्रियामा लोघेकर दामोदरकुण्डका अध्यक्ष राजु विष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नुर्बु, लोमान्थाङकी उपाध्यक्ष, दुवै गाउँपालिकाका वडाध्यक्षहरू तथा कोरोला नाका प्रयोग गरी व्यापार गर्ने व्यवसायीको सहभागिता थियो ।

जोमसोममा भएको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, मुस्ताङ जिल्लाका चार वटा गाउँपालिकाका अध्यक्षहरू, समाजसेवी तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो ।

दुवै छलफलमा सहभागीहरूले कोरोला नाकाको चीनतर्फ उत्कृष्ट पूर्वाधार निर्माण भएर अध्यागमन र भन्सार कार्यालयहरू स्थापना भई सेवा सञ्चालन गरिसके पनि नेपालतर्फ प्रदेश सरकारले निर्माण गरेको चार कोठे भवन पनि राम्रो भएको बताृएका थिए  । सहभागीले उक्त भवनमा पानी, विद्युत्लगायत न्यूनतम पूर्वाधार नभएको, कर्मचारी अभाव रहेको र अध्यागमन कार्यालयको उद्घाटन भएर पनि नियमित सेवा सञ्चालन नभएकाले व्यापार व्यवस्थित हुन नसकेको बताएका हुन् । 

वक्ताले माथिल्लो मुस्ताङ निषेधित क्षेत्रमा रहेकाले विदेशी नागरिक उक्त क्षेत्रमा प्रवेश गर्दा न्यूनतम पाँच सय डलर तिर्ने व्यवस्था गर्न माग गरेका छन् । 

सोही रकम तिरेर चीनतर्फबाट प्रवेश गर्न चाहनेले अध्यागमन सेवा नरहेकाले नाकामा रकम तिरेर प्रवेश गर्न नसक्ने अवस्था रहेकाले नाकामा एकीकृत पूर्वाधार निर्माण गरी तत्काल अध्यागमन, भन्सार, क्वारेन्टाइनलगायत सेवा सुरु गर्न, विदेशी नागरिकका लागि माथिल्लो मुस्ताङ प्रवेश सहजीकरण गर्न अनुरोध गरेका हुन् ।

दुवै कार्यक्रमलाई सम्बोधन गर्दै ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले छलफलमा उठेका समस्यासम्बन्धी समाधानका लागि महावाणिज्य दूतावासका तर्फबाट चिनियाँ र नेपाली दुवै पक्षसँगको समन्वयमा प्रयास गर्ने जानकारी गराए ।

उनले चीनको सिजाङ स्वायत्त क्षेत्रको ड्रोङ्पामा त्यहाँका भन्सार, अध्यागमन, स्थानीय निकाय र पोर्ट व्यवस्थापन कार्यालयका उच्च अधिकारीसँग छुट्टाछुट्टै छलफल तथा अन्तरक्रिया गरे । उक्त अवसरमा चीन र नेपाल दुवै पक्षले कोरोला नाका व्यवस्थापनका लागि आआफ्नो तर्फबाट पहल गरी नाकालाई सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्  ।
 

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ३ : ३१ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले