बालुवाटारमा शीर्ष नेतृत्वबीच छलफल जारी « Khabarhub

बालुवाटारमा शीर्ष नेतृत्वबीच छलफल जारी


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतृत्वबीच छलफल भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको हो ‍।

बालुवाटारमा जारी छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् । 

यस्तै एमालेका तर्फबाट प्रधानमन्त्री ओली र सभापति देउवाबीच जारी छलफलमा  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् । यसअघि प्रमुख तीन दलका शीर्ष नेताहरू बीच छलफल हुने भनिएको थियो । 

तर, बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने अनुपस्थित छन् । अध्यक्ष प्रचण्ड पार्टी कार्यक्रमको सिलसिलामा गृहजिल्ला चितवनमा रहेका उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ५ : ५१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा