इजरायल र अमेरिकालाई खामेनीको सन्देश- जबरजस्ती थोपरिएको युद्ध र शान्ति दुवै मान्दैनौँ « Khabarhub

इजरायल र अमेरिकालाई खामेनीको सन्देश- जबरजस्ती थोपरिएको युद्ध र शान्ति दुवै मान्दैनौँ


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले बुधबार एक महत्त्वपूर्ण सन्देश  दिएका छन्। इजरायलले ६ अमेरिकी आडमा ६ दिनदेखि जारी राखेको आक्रमणबीच उनले कडा सन्देश दिएका हुन् । सम्बोधनमा उनले अमेरिका र इसरायललाई तीनवटा मुख्य सन्देश दिएका छन्।

उनले सम्बोधनका क्रममा इरान र अमेरिकाबीच अप्रत्यक्ष रुपमा भइरहेको आणविक वार्ताका क्रममा इजरायलले हमला शुरू गरेको बताए । तर त्यस अवधिमा इरानले कुनै पनि सैन्य वा कठोर प्रतिक्रिया नदिएको उनले खुलाए।

दोस्रो सन्देशमा खामेनीले अमेरिकालाई चेतावनी दिँदै चेतावनी इरानले आत्मसमर्पण नगर्ने बताए । अमेरिकी सैन्य हस्तक्षेपले अपूरणीय क्षति पुर्‍याउने पनि उनले चेतावनी दिए।

तेस्रो सन्देशमा उनले अमेरिका आफैं युद्धमा संलग्न हुनु इजरायलको कमजोरीको संकेतका रूपमा व्याख्या गरेका छन् । खामेनीले इजरायली आक्रमणबाट पीडित इरानी नागरिकहरूलाई ऐक्यबद्धताको सन्देश पनि दिएका छन्।

‘यो राष्ट्रले जबरजस्ती लादिएको युद्धको जस्तै, जबरजस्ती लादिएको शान्तिको पनि विरोध गर्नेछ’, ‘खामेनीले तास्नीम समाचार एजेन्सीमार्फत् प्रसारित टेलिभिजन सम्बोधनमा भनेका छन्, ‘थोपिएका कुनै पनि कुराको अगाडि यो राष्ट्र कसैसामु आत्मसमर्पण गर्दैन।’

खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ उल्लेख गर्दै भने, ‘जो इरान र यसको इतिहासलाई चिन्छन्, उनीहरूलाई थाहा छ, धम्कीको भाषाले इरानीहरूलाई असर गर्दैन।’

सैन्य हस्तक्षेपले हुने क्षति आकलन गर्न पनि उनले चेतावनी दिएका छन् । ‘अमेरिकाले बुझ्नुपर्छ, कुनै पनि अमेरिकी सैन्य हस्तक्षेप अपूरणीय परिणामसहित आउनेछ।’

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ६ : ०० बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित