गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु « Khabarhub

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र विस्थापित व्यक्तिहरूको शिविरहरूलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा ३० प्यालेस्टिनीको मृत्यु हुनुका साथै र दर्जनौँ घाइते भएका छन् ।

मध्य गाजा पट्टीको सालाह अल–दिन स्ट्रिटमा बुधबार बिहानै सहायताका लागि पर्खिरहेका मानिसमाथि इजरायली आक्रमणमा ११ जना प्यालेस्टिनी मारिएको र करिब एक सय जना घाइते भएको चिकित्सा स्रोतहरूले बताएका छन् ।

मध्य गाजा पट्टीको माघाजी शरणार्थी शिविरमा रहेको एउटा घरलाई निशाना बनाएर गरिएको आक्रमणमा छ जना मारिएका छन् भने अन्य घाइते भएका छन् । दक्षिणी गाजा पट्टीमा, खान युनिसको अल–मवासी क्षेत्रको अल–अत्तारमा विस्थापित व्यक्तिहरूको शिविरमा इजरायली विमानले आक्रमण गर्दा तीन भाइसहित पाँच प्यालेस्टिनी मारिएको र अन्य धेरै घाइते भएका छन् ।

गाजा सहरमा, सहरको दक्षिणपूर्वमा अल–जेइटाउन छिमेकमा रहेको अली बिन अबी तालिब मस्जिद नजिकैको घरमा इजरायली आक्रमणमा आठ जना नागरिकको मृत्यु र अन्य धेरै घाइते भएका छन् ।

सन् २०२३ अक्टोबर ७ देखि गाजा पट्टीमा इजरायली आक्रमणबाट मर्नेहरूको सङ्ख्या ५५ हजार चार सय ९३ पुगेको छ भने एक लाख २९ हजार तीन सय ३२० जना घाइते भएका छन् ।

जनवरी १९ देखि लागु भएको युद्धविराम सम्झौताअन्तर्गत दुई महिना रोकिएपछि इजरायली कब्जाले मार्च १८ मा गाजा पट्टीमा आफ्नो आक्रमण पुनः सुरु गरेको थियो । यद्यपि, अभूतपूर्व मानवीय त्रासदीको सामना गरिरहेको पट्टीका विभिन्न क्षेत्रलाई लक्षित गर्दै इजरायलले बारम्बार आफ्ना सर्तहरू उल्लङ्घन गरेको छ । 

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ६ : ३५ बजे

अमेरिकाको टेक्सासमा रेलको डिब्बाभित्र छ जनाको मृत शरीर भेटियो

एजेन्सी– अमेरिकाको दक्षिणी टेक्सासमा आइतबार एक कार्गो रेलको एउटा ‘डिब्बा’

‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने

काठमाडौं– सरकारले ‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’ प्रयोग गरी आपराधिक गतिविधि

गगनले शेरबहादुर र शेखरनिकट १९ नेतालाई केन्द्रीय कार्यसमितिमा समेटे

काठमाडौं- दोस्रो विशेष महाधिवेशनमार्फत् सभापति बनेका गगनकुमार थापाले नेपाली कांग्रेस

सरकारलाई सर्वोच्चको धक्का : ट्रेड युनियनलाई प्रतिबन्ध नलगाउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले दुईवटा धक्का दिएको

फिलिपिन्सकी उपराष्ट्रपति डुतेर्तेविरुद्ध महाभियोग लगाइने

एजेन्सी– फिलिपिन्सका सांसदहरूले सोमबार उपराष्ट्रपति सारा डुतेर्तेविरुद्ध महाभियोग लगाउने प्रस्तावहरू