भारतीय विमान दुर्घटनामा ज्यान गुमाएका २०० भन्दा बढीको सनाखत « Khabarhub

भारतीय विमान दुर्घटनामा ज्यान गुमाएका २०० भन्दा बढीको सनाखत


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

अहमदाबाद – एयर इन्डियाको विमान दुर्घटनामा परी ज्यान गुमाएका कम्तीमा २०० भन्दा बढी पीडितको डिएनए परीक्षणका माध्यमबाट पहिचान गरिएको भारतीय अधिकारीहरुले बुधबार बताएका छन् ।

लण्डनका लागि उडेको विमान अहमदाबादको एक आवासीय क्षेत्रमा ठोक्किँदा विमानमा सवार चालक दलका सदस्यसहित २४२ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । विमान अहमदाबादको एक भवनमा ठोक्किँदा विमानबाहिरका कम्तीमा ३८ जनाको मृत्यु भएको थियो ।

व्यथित आफन्तहरूले आफ्ना प्रियजनहरूलाई पहिचान गर्न मद्दत गर्न डीएनए नमूनाहरू प्रदान गरिरहेका छन्। अहमदावादको गुजरात राज्यका गृहमन्त्री हर्ष साङ्घवीले एक्समा लेखेका छन्, “दिउँसो २ बजेसम्म २०२ वटा डिएनए (नमूना) मिलेको छ ।”

बोइङ ७८७–८ ड्रिमलाइनर उडेको केही क्षणमै दुर्घटनाग्रस्त भएको थियो । भारतीय अधिकारीहरूले विमान दुर्घटनाको कारण बताउन सकेका छैनन् र बेलायत र संयुक्त राज्य अमेरिकाका अनुसन्धानकर्ताहरू अनुसन्धानमा सामेल भएका छन्।

अनुसन्धानकर्ताहरूले घटनास्थलबाट बरामद गरिएका ब्ल्याक बक्सहरू ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डरबाट महत्वपूर्ण जानकारीहरू सङ्कलन गर्ने लक्ष्य राखेका छन्। भारतको विमान दुर्घटना अनुसन्धान विभागले यसै वर्ष ब्ल्याक बक्सको विश्लेषण गर्न सकिने प्रयोगशालाको स्तरोन्नती गरेको छ ।

दुर्घटनापछि नागरिक उड्डयन नियामक निकायले एयर इन्डियाको ड्रिमलाइनरको निरीक्षण गर्न आदेश दिएको थियो । नियामकले मङ्गलबार राति भनेको छ, “विमानको प्रारम्भिक जाँचमा कुनै ठूलो सुरक्षा चिन्ता प्रकट भएको भेटिएको छैन।”

“विमान र त्यससँग सम्बन्धित मर्मत सम्भार प्रणाली विद्यमान सुरक्षा मापदण्डअनुरूप रहेको पाइएको छ,” विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ८ : २० बजे

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर