ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण | Khabarhub Khabarhub

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११ महिनामा देशमा सवा दुई खर्ब बढी सार्वजनिक ऋण थपिएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेकोमा जेठ मसान्तसम्म आइपुग्दा उक्त ऋणको हिस्सा दुई खर्ब २० अर्ब ५८ करोडले थपिएर २६ खर्ब ५४ अर्ब ६६ करोड ८ लाख पुगेको हो ।

११ महिनामा सवा दुई खर्ब ऋण थपिएसँगै देशको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४३.४७ प्रतिशत पुगेको छ । जुन ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.०६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.९४ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जेठ मसान्तसम्म आन्तरिक ऋण दायित्व १२ खर्ब ७२ अर्ब ५३ करोड ३० लाख रुपैयाँ रहेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको २२.३१ प्रतिशत हो । त्यस्तै, समीक्षा अवधिसम्म वैदेशिक ऋण दायित्व १३ खर्ब ८२ अर्ब १२ करोड ७८ लाख रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको २४.२३ प्रतिशत हो ।

सरकारले चालु आर्थिक वर्षमा पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा जेठ मसान्तसम्म चार खर्ब १४ अर्ब १९ करोड प्राप्ति गरेको जनाएको छ । त्यस्तै, लक्ष्य अनुसार समीक्षा अवधिमा आन्तरिक ऋण ९५.४५ र बाह्य ऋण ४५.७२ प्रतिशत प्राप्त भएको कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको छ ।

कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि सार्वजनिक ऋण सेवाका लागि चार खर्ब दुई अर्ब ८५ करोड २६ लाख बजेट व्यवस्था गरेको थियो । जसमध्ये जेठ मसान्तसम्म ८१ प्रतिशत खर्च भएको छ । सो अवधिसम्म कुल ऋण भुक्तानीमध्ये आन्तरिक ऋण भुक्तानीको लागि ८२.४२ प्रतिशत र बाह्य ऋण भुक्तानीको लागि ७८.७२ प्रतिशत खर्च गरेको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  १० : १० बजे

सर्वसाधारणका लागि झापा इनर्जीले भदौ २० गते आइपीओ निष्काशन गर्ने

काठमाडौं – झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ)

गणेश चौथी : सूर्यविनायक मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा