आफ्नै अडानले बालेनलाई संकट, यी हुन् बजेट ल्याउने तीन विकल्प | Khabarhub Khabarhub

आफ्नै अडानले बालेनलाई संकट, यी हुन् बजेट ल्याउने तीन विकल्प

गुरागाईंले पठाएका फाइल गरिसकेका छन् सदर


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष २०८२/८२ को बजेट ल्याउन देशभरका स्थानीय तह जुटिरहँदा काठमाडौं महानगरपालिकमा स्रोत व्यवस्थानको बैठक पनि बस्न सकेको छैन ।

मेयर बालेन्द्र शाह (बालेन)को नेतृत्वमा हुने बैठक प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बाइपास गर्न खोज्दा बस्न सकेको छैन ।

गुरागाईंले पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पास गर्दा बदमासी गरेको बालेनको आरोप छ । १२ तलाको गर्नुपर्नेमा १९ तलाको पास गरेको भन्दै मेयर बालेनले कारबाहीको सिफारिस गरेपछि महानगरमा विवाद सुरु भएको थियो ।

त्यही विवादका कारण बजेट बनाउनु पर्ने चटारोको समयमा महानगरमा जुँगाको लडाइँ नरोकिएको हो । बजेट बनाउन मेयर बालेनले सुरुमा स्रोत व्यवस्थापन समितिको बैठक बोलाउनु पर्छ । जसको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत हुन्छन् ।

महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार बैठक प्रमुख प्रशासकीय अधिकृतबिना बस्न सक्दैन । प्रमुख प्रशासकीय अधिकृत, निमित्त, या कामु भए पनि हुनुपर्ने बताउँछन् । ‘सचिवबिनाको कार्यपालिका बैठक हुँदैन’, काफ्लेले भने ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा १६ को उपदफा ४ को खण्ड ‘क’ ले अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकार तोकेको छ । जसको उपखण्ड (१) मा सभा तथा कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने जिम्मा प्रमुख प्रशासकीय अधिकृतलाई तोक्ने भनिएको छ । र, बैठकको अध्यक्षता मेयरले गर्ने प्रावधान छ ।

कार्यपालिका बोलाउँदा बालेनले गुरागाईंलाई राख्नु पर्ने हुन्छ । तर उनी प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई मान्यता दिने पक्षमा छैनन् । बालेनको यही अडानमा कारण एकपछि अर्को झमेला बढेको बढ्यै छ ।

महानगर सदस्य सचिवका रुपमा अहिले प्रमुख प्रशासकीय अधिकृत गुरागाईं नै हुन् । तर, बालेनले गुरागाईंसँग बैठक बस्नै चाहेका छैनन् । त्यही कारण स्रोत व्यवस्थापन समतिकिो बैठक अनिश्चित भएको हो ।

करिब २ महिना लामो अन्तरालपछि मेयर बालेन र उपमेयर सुनिता डंगोलले बजेटबारे छलफल गरेका थिए । तर बजेट ल्याउन अब केही दिन बाँकी हुँदा पनि बालेन गुरागाईंलाई नस्वीकार्दा विवाद यथावत छ ।

काठमाडौं महागर स्रोतका अनुसार बालेन र सुनिताबीच स्रोत व्यवस्थापनसहित कार्यपालिका बैठक बस्ने सहमति भएको पनि साता बितेको छ । त्यस क्रममा गुरागाईंलाई विदामा बस्न लगाएर निमित्त प्रमुख प्रशासकिय अधिकृतलाई बैठकको सदस्यसचिव तोक्ने प्रस्ताव बालेनको थियो ।

तर, उक्त विषयमा अझै हलो अड्किएको छ । बुधबार बालेन र केही वडाअध्यक्षहरू स्रोत व्यवस्थापानको बैठक राख्नेबारे छलफल गरिरहेका छन् ।

महानगर स्रोतका अनुसार मेयरले वडाअध्यक्षसँग गरेको छलफल सकारात्मक छ । ‘वडाअध्यक्ष र मेयर छलफमै हुनुहुन्छ’, स्रोतले खबरहबसँग भन्यो, ‘सम्भवतः बिहीबार स्रोत व्यवस्थापनको बैठक बस्छ होला ।’

स्रोतका अनुसार मेयर बालेन कुनै हालतमा गुरागाईंसँग बैठकमा बस्न तयार छैनन् । उता गुरागाईं पनि बिदामा बस्न मानेका छैनन् ।

बैठक राख्ने तीन विकल्प

स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेसम्म नगर सभामा बजेट पेस गरिसक्नु पर्ने हुन्छ । अब समय धेरै छैन ।

फास्ट ट्रयाकमा काम गरेर स्रोत तथा सीमा निर्धारण समितिको गाइडलाइनका आधारमा बजेट माग गर्ने, स्रोत खोज्ने र राजस्वबारे उपमेयर डंगोल नेतृत्वको बजेट तर्जुमा समितिले काम गर्छ ।

कार्यक्रम माग गर्ने, डीपीआर भए–नभएका योजना, क्रमागत आयोजना यो वर्ष सकिने र नसकिने, चालु आर्थिक वर्षमा छुट्याइएका खर्चका विषय समीक्षा उपप्रमुख संयोजक रहेको बजेट तर्जुमा समितिले गर्छ ।

त्यो सबै गर्नुपहिले बालेनले स्रोत तथा सीमा निर्धारण समितिको बैठक राख्नु पर्छ । उक्त समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत हुन्छन् । बालेनले गुरागाईंलाई बाइपास गर्न अब तीन विकल्प छन् ।

पहिलो : बिदामा राख्ने

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बिदामा गएमा महानगरमा निमित्त प्रमुख प्रकासकीय अर्को व्यक्तिलाई तोक्नु पर्छ । त्यसो हुँदा बालेनले स्रोत तथा सीमा निर्धारण समिति बैठक गुरागाईंबिना राख्न सक्छन् ।

अहिले बालेनले त्यही विषयमा छलफल गरिरहेका छन् । उपमेयर डंगोल र वडाअध्यक्षसँग बालेन त्यही विषयममा सहमति खोजिरहेका छन् ।

सहायक प्रवक्ता काफ्लेका अनुसार पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत राखेर भए पनि स्रोत तथा सीमा निर्धारण समितिको बैठक बस्न सक्छ । ‘सदस्य सचिव अनिवार्य भनिएको हो’, काफ्लले भने, ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्त प्रमुख बसे पनि हुन्छ ।’

दोस्रो : बालेन आफैं विदामा बस्ने

मेयर बालेनको दोस्रो विकल्प उनी आफैँ विदामा बस्ने हो । मेयर विदामा बसेमा महानगरको जिम्मेवारी उपमेयरलाई तोक्न सक्छन् । उपेयरलाई त्यस्तो जिम्मेवारी तोक्दा उपमेयरले प्रमुखका रुपमा स्रोत तथा सीमा निर्धारण समितिको बैठक राख्न सकिन्छ ।

यदि बालेनले बिदामा बसेर अख्तियारी डंगोलाई दिएमा स्रोत तथा सीमा निर्धारण समितिको बैठक राख्न सक्छिन् । त्यसो हुँदा डंगोलले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई सदस्य सचिवका रुपमा राखेर बजेटका काम अगाडि बढाउन सक्छिन् ।

मेयर नभएको अवस्थामा उपमेयरले स्रोत तथा सीमा निर्धारण समितिको बैठक राख्न सक्ने सहायक प्रवक्ता काफ्ले बताउँछन् ।

तेस्रो : गुरागाईंलाई स्वीकार्ने

बानलेको तेस्रो विकल्प गुरागाईंलाई राखेर बैठक बसाल्ने हो । बालेनले कागजी रुपमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई स्वीकार गरिसकेका छन् । अर्थात्, गुरागाईंले बालेनले तोक लगाउनु पर्ने फाइलमा हस्ताक्षरसमेत गर्ने गरेका छन् ।

सहायक प्रवक्ता काफ्लेका अनुसार दैनिक प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेको ५/६ वटा फाइलमा बालेनले हस्ताक्षर गर्ने गरेका छन् ।

‘सर (प्रमुख प्रशासकीय अधिकृत गुरागाईं)ले हस्ताक्षर गरेर पठाउनु भएका फाइल उहाँ (बालेन)ले हस्ताक्षेर गरेकै कारण अहिले महानगरको काम रोकिएको छैन’, काफ्लले भने, ‘विभिन्न विषयका निर्णय मेयरले गर्नुपर्ने हुन्छ, दैनिक ५÷६ वटा त्यस्ता विषय हुन्छन् ।’

तर, बालेन गुरागाईंसँग बैठक बस्न मानेका छैनन् । बालेनले गुरागाईंबिना नै महागरको बैठक राख्न कसरत गरिरहेका छन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  १ : ०२ बजे

इरानले ठूलो मूल्य चुकाउनु पर्ने नेतन्याहूको चेतावनी

जेरुसेलम – बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण

श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण

सुनसरी – बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका–६ र ९ श्रीलङ्का टापुका

नेपालविरुद्ध नेदरल्याण्ड्सका माइकल लेविटको अर्धशतक

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालविरुद्ध ब्याटिङ

नेपालले लियो नेदरल्याण्ड्सको चौथो विकेट

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा