शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्छ : डा भट्टराई | Khabarhub Khabarhub

शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्छ : डा भट्टराई


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष डा बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्य सबैको अधिकार भएकाले राज्यले पूर्ण दायित्व लिई निःशुल्क गर्नुपर्ने बताएका छन् ।

समाजवादी विद्यार्थी युनियनले काठमाडौं आयोजना गरेको ‘विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य र शिक्षा क्षेत्रको सुधार’ विषयक अन्तरक्रियामा उनले उच्च शिक्षासम्म राज्यले सबै खर्च व्यहोर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष भट्टराईले नेपालमा घोकन्ते शिक्षा प्रणाली भएकाले गुणस्तरीय शिक्षा हुन नसकेकाले परीक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले विश्वविद्यालयका पदाधिकारी नियुक्त दलीय भागबण्डामा हुने भएकाले त्यसको अन्त्य गरी प्रतिस्पर्धाका आधारमा हुनुपर्ने बताए । उनले विश्वविद्यालय सुधारका लागि पूर्णतया स्वायत्तमा लैजानुपर्ने धारणा राखे।

कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वविद्यालयमा पदाधिकारी नियुक्त हुने व्यक्ति प्रशासनिक क्षेत्रको हुनुपर्ने बताए । उनले विश्वविद्यालयमा राजनीतिक नभई स्वच्छ प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा केदारभक्त माथेमाले दलीय भागबण्डा हुनाले विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्केको बताए ।

उनले प्राध्यापकले पढाउने मात्र नभई राज्यलाई निर्देशन दिने ठाउँ भएकाले दलीय भागबण्डा गर्दा मुलुकलाई नै घाटा हुने गरेको बताए ।

सांसद रामकुमारी झाँक्रीले दलीय भागबण्डाले विश्वविद्यालयलाई नै अस्तव्यस्त बनाएकाले त्यसलाई रोक्नुपर्ने बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ९ : ५० बजे

हायू परिवारलाई आफन्तको जिम्मा लगाइयो

गण्डकी– सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका–

बागमतीका खानेपानीमन्त्री खड्काले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका खानेपानी तथा ऊर्जा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा

मधेसमा पानीको हाहाकार, टोलटोलमा ट्यांकरबाट बाँडिदै (तस्बिरहरू)

काठमाडौं– मधेस प्रदेश अहिले सुक्खाले ग्रस्त छ । वर्षा नहुँदा

राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण

काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले एक महिनामा ३०

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको