रक्षा प्रणाली ध्वस्त पार्‍यौँ, अब इजरायलीहरुले विस्तारै मृत्युवरण गर्ने कि भागेर जाने ? : आईआरजीसी « Khabarhub

रक्षा प्रणाली ध्वस्त पार्‍यौँ, अब इजरायलीहरुले विस्तारै मृत्युवरण गर्ने कि भागेर जाने ? : आईआरजीसी


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानको इस्लामिक रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) ले इजरायलको रक्षा प्रणाली निस्तेज पारेको जनाएको छ । इजरायली आक्रमणको जवाफस्वरुप इरानले सञ्चालन गरेको अपरेशन ट्रु प्रोमिस तीनको १२ औँ चरणको आक्रमणपछि विज्ञप्ति निकाल्दै आईआरजीसीले यस्तो बताएको हो ।

आईआरजीसीले जारी गरेको विज्ञप्तिमा रक्षा प्रणाली ध्वस्त भएसँगै अधिनस्थ प्यालेस्टाइनी भूमिमा बसोबास गर्ने बासिन्दासँग सेल्टरमा विस्तारै मृत्युवरण गर्ने या ती भूभाग छाडेर जाने दुई विकल्प रहेको जनाइएको छ । रक्षा प्रणाली ध्वस्त भएसँगै अब ‘अधिनस्थ भूभागको हवाइ क्षेत्रले इरानी क्षेप्यास्त्र र चालहरहित हवाइ उपकरण ड्रोनलाई अङ्कमाल गर्ने’ विज्ञप्तिमा जनाइएको छ ।

इरानको महर समाचार संस्थाले जनाएअनुसार आईआरजीसीले प्यालेस्टाइनको अधिनस्थ भूमिमा क्षेप्यास्त्र आक्रमणलाई निरन्तरता दिने पनि उल्लेख गरेको छ । आईआरजीसीले इजरायलमा सतर्क गराउने साइरन ‘एक सेकेण्ड पनि नरोकिने’ चेतावनी दिएको महरले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  २ : ५० बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको