सुर्खेत– कर्णाली प्रदेशसभाको बैठकमा प्रतिपक्ष दलका सांसदहरू उपस्थित नभएपछि प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीका सांसद उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।
प्रदेशसभाका सभामुख नन्दा गुरुङले सभा सञ्चालन सुरु गरेपछि सत्ता पक्षका नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सभा सञ्चालनका लागि प्रतिपक्ष दल हुनुपर्ने प्रचलन भएको बताए ।
‘अहिले प्रतिपक्ष दलका कुनै सांसद हुनुहुन्न,’ उनले भने,‘बरु ३०, ४० मिनेट कुरेर भए पनि उहाँहरू ल्याऊ अनि सभा गरौँ ।’ भन्ने प्रस्ताव गरेका थिए ।

त्यस लगत्तै सभामुख गुरुङले आधा घण्टाका लागि बैठक स्थगित गरेकी हुन् ।
प्रतिपक्ष दलहरूले कर्णाली प्रदेश सरकारले ल्याएको योजना बजेटमाथि असहमति जनाउँदै आएको छ । उनीहरूले विधि विधान बाहिर सत्तापक्षले आफ्ना पोस्ने नागरिकको हित विपरीत बजेट ल्याएको बताउँदै आएको छ ।
प्रतिक्रिया