धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न « Khabarhub

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नैनपुर – यहाँको धनगढीमाई नगरपालिका– ११, १२ र १३ मा ‘डावरटोल–नैनपुरटोल खानेपानी आयोजना’ निर्माण सम्पन्न भएको छ । निर्माण सुरु भएको पाँच वर्षपछि १० करोड ९४ लाखको लागतमा सो आयोजना सम्पन्न भएको हो । 

खानेपानीमन्त्री प्रदीप यादवले आयोजनाको आज उद्‌घाटन गरे। आयोजनाबाट एक हजार ५०० घरधुरी लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरले जनाएको छ ।

 उद्घाटन कार्यक्रममा खानेपानीमन्त्री यादवले यी तीनैवटा वडाका उपभोक्ताको वर्षौँदेखि शुद्ध खानेपानी पिउने सपना आज साकार भएको बताए। 

स्थानीय तहसँगको सहकार्यद्वारा देशभरका नागरिकलाई सुरक्षित तथा पर्याप्त खानेपानी पु¥याउने सरकारको प्रतिबद्धता रहेको उनले बताए। खानेपानी सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले मन्त्रालयको नीति तथा योजनाले नागरिकको हित र समुन्नतिलाई केन्द्रबिन्दुमा राखी सुरक्षित, भरपर्दो र दिगो खानेपानी सेवा प्रवाह सुनिश्चित गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

त्यसैगरी खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामुकमार श्रेष्ठले खानेपानी विभागले मानव विकास सूचांक कम भएका स्थानमा प्राथमिकताका साथ खानेपानी योजना कार्यान्वयन गरिरहेको र मधेशका २८० वटा अधुरो योजना सञ्चालन गर्न नीतिगत सुधार गरी कार्यान्वयनको तयारीमा रहेको जानकारी दिए । 

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतोले यहाँ सम्पन्न खानेपानी आयोजनाले स्थानीयको पिउने पानी समस्या दीर्घकालीन रुपमा समाधान भएकोमा खुसी व्यक्त गरे। 
 

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ७ : ३७ बजे

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

गुल्मीमा ३८ जातका कफीको परीक्षण

गुल्मी– कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण

चिलिमेमा उद्धारको आशा जाग्यो, विद्युत् गृह पुग्न १०० मिटर मात्रै बाँकी

काठमाडौं- गत भदौ १० गतेको बाढीले क्षतिग्रस्त रसुवास्थित चिलिमे जलविद्युत्