प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले जवाफ दिने  « Khabarhub

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले जवाफ दिने 


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरिएको छ । 

यस्तै, विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत छवटा मन्त्रालयको समूहीकृत रूपमा छलफल हुने कार्यसूची छ । 

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ६ : १७ बजे

गर्मी र वर्षायाममा सर्पदंशको जोखिम : सचेतना अपनाउन आग्रह

काठमाडौं– नेपालमा गर्मी र वर्षायाम सुरु भएसँगै तराई तथा पहाडी

प्रधानमन्त्री नआएपछि कांग्रेसले गर्‍यो संसदीय समितिको बैठक बहिष्कार

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद् अन्तर्गत राज्य

दुआ लिपाको तस्बिर विवाद : सामसङविरुद्ध १ करोड ५० लाख डलरको मुद्दा

काठमाडौं– बेलायती पप गायिका दुआ लिपाले दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सविरुद्ध १ करोड ५०

अमेरिकी एफ-३५ लडाकु जहाजले यूएईमा आकस्मिक अवतरण गरेको इरानी दाबी

तेहरान- इरानले अमेरिकी वायुसेनाको एउटा एफ-३५ लाइट्निङ आईआई लडाकु विमानले

सरकारी ठेक्का अलपत्र पारेको आरोपमा शर्मा एन्ड कम्पनीका अध्यक्ष पक्राउ

काठमाडौं- सरकारी ठेक्का अलपत्र पारेको आरोपमा नेपालको चर्चित निर्माण व्यवसायी