तेहरानमा रहेको अस्ट्रेलियाली दूतावास बन्द « Khabarhub

तेहरानमा रहेको अस्ट्रेलियाली दूतावास बन्द


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरान-इजरायल युद्धका कारण अस्ट्रेलियाले तेहरानमा रहेको दूतावास बन्द गरेको छ। अस्ट्रेलियाले सुरक्षाको कारण देखाउँदै इरानका रहेको आफ्नो दूतावास बन्द गरेको हो।

अस्ट्रेलियाको यो निर्णयसँगै अमेरिका र इजरायल युद्धका विषयमा संसारका धेरै देशले प्रतिक्रिया दिन थालिसकेका छन्।

बेलायती विदेश मन्त्री डेभिड लेमीले अन्य देशका विदेश मन्त्रीसँग भेट गरेका छन्। उनले जेनेभामा आफ्ना फ्रेन्च र जर्मन समकक्षीलाई भेट्ने छन्। युरोपेली विदेश नीतिका प्रमुख काजा कालास पनि सो कार्यक्रममा उपस्थित हुने छन्।

अमेरिकाले इरानका आक्रमण गर्नका लागि दुई साताको समय राखेका कारण यस बिचमा अमेरिका र बेलायतको बिचमा पनि वार्ता हुने अनुमान गरिएको छ।

अमेरिकाले आफ्नो मित्रवत् सम्बन्ध रहेका सबै देशसँग सल्लाह लिएर मात्र वार्ता अघि बढाउने बताएको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : २२ बजे

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

गुल्मीमा ३८ जातका कफीको परीक्षण

गुल्मी– कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण

चिलिमेमा उद्धारको आशा जाग्यो, विद्युत् गृह पुग्न १०० मिटर मात्रै बाँकी

काठमाडौं- गत भदौ १० गतेको बाढीले क्षतिग्रस्त रसुवास्थित चिलिमे जलविद्युत्