नागार्जुनका मेयर मोहन बस्नेत सम्पत्ति शुद्धिकरणमा दोषी ठहर « Khabarhub

नागार्जुनका मेयर मोहन बस्नेत सम्पत्ति शुद्धिकरणमा दोषी ठहर

पद्मा कोलोनी सञ्चालकबाट ९ करोड २२ लाख घुस लिएको ठहर


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धिकर र घुस लेनदेन मुद्दामा दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ पुस २०८१ मा दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाले दोषी ठहर गरेका हुन् ।

उक्त मुद्दामा बस्नेतलाई शुक्रबार दोषी ठहर गरेको विशेष अदालतले सजाय निर्धारणका लागि अर्को पेसी तोक्न पनि आदेश दिएको छ ।

अदालतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको पनि ठहर गरेको छ।

अदालतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष कँडेललाई पनि उक्त प्रकरणमा घुस लेनदेनमा दोषी ठहर गरेको छ । उनलाई अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा भने सफाइ दिएको छ ।

यस मुद्दामा मेयर बस्नेतकी श्रीमती उर्मिला बस्नेतलाई भने अदालतले सफाइ दिएको छ । उनले घुस लिएर खाएको वा भुक्तानी गर्न लगाएको भन्ने तथ्य मिसिलमा संलग्न प्रमाणबाट पुष्टि हुन नआएकाले सफाइ पाउने निर्णय विशेषले दिएको छ ।

बस्नेतले गैरकानुनी रुपमा घुसवापद प्राप्त गरेको रकम र जग्गालाई आफ्नो नाममा सारेको पनि अदालतले ठहर गरेको छ । उक्त जग्गालाई कित्ताकाट गरि विभिन्न व्यक्ति तथा कम्पनीलाई बिक्री गरि १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो बराबरको सम्पत्ति शुद्धिकरण गरेको पुष्टि भएकाले उनलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ (संशोधनसहित) को दफा ३ अनुसारको कसुर गरेको पनि विशेषले ठहर गरेको छ।

यसअघि घुस रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बद्ध कसूर भई सम्पत्ति शुद्धीकरण सम्बन्धीसमेत कसूर गरेको भन्दै आयोगले मुद्दा चलाएको थियो । राजु कँडेलबाट घुस लिएको प्रकरणमा अख्तियारले १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो कायम गरेको थियो ।

उजुरीमाथि अनुसन्धान हुँदा बस्नेतले नगर प्रमुखको पद तथा ओहदाको दुरुपयोग गरी नागार्जुन नगरपालिकामै कार्यक्षेत्र रहेको घररजग्गा व्यवसायी पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालि र जगतगुरू कृपालु प्रतिष्ठान नेपालका संचालक तथा अध्यक्ष कँडेलबाट घुसररिसवत लिने मनसायले जगतगुरू कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको र दिन लगाएको भेटिएको आयोगले जनाएको थियो ।

उक्त प्रतिष्ठानलाई व्यक्ति तथा संघसंस्थाहरूबाट विदेशी सहायता सात अर्ब ४८ करोड रुपैयाँ प्राप्त गर्न सहमति दिए दिन लगाएको, उक्त प्रतिष्ठानको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबाट हुने पत्राचारसमेत आफ्नै दस्तखतबाट गरेको पाइएको थियो ।

आयोगका अनुसार सोही प्रतिष्ठानले नागार्जुन नगरपालिकाभित्र मन्दिर निर्माण गर्ने भनी विभिन्न जग्गा प्रतिवादी कँडेल तथा निजको कम्पनीलाई उपलब्ध गराउन सम्झौता गरे/गराएको भेटियो । सम्झौता कार्यान्वयन गर्नरगराउन जग्गा धनीहरूलाई गफलतमा पारी सम्झौता गर्न लगाएको खुल्यो ।

नगर प्रमुख बस्नेतले तीन करोड ७२ हजार रुपैयाँ रकम जग्गाधनीहरूलाई भुक्तानी दिई जगदगुरू कृपालु प्रतिष्ठान नेपालले निर्माण गर्ने मन्दिरको लागि जग्गा लिने भनी बैनाबट्टा गरे गराएको पनि पाइएको थियो ।

बजार मूल्य ४७ करोड ७५ लाख रुपैयाँ पर्ने ती जग्गाबापत पद्मा कोलोनी प्रालिले जग्गाधनीहरूलाई जम्मा १८ करोड ९४ लाख १८ हजार ४४८ रुपैयाँ भूक्तानी दिएको भेटिएको आयोगले जनाएको थियो । राजस्व र बैनाबट्टा रकमसमेत गरी जम्मा २३ करोड २२ लाख २७ हजार रुपैयाँ भुक्तानी गरी ती जग्गा बजार मूल्यभन्दा करिब २४ करोड ५२ लाख ७३ हजार रुपैयाँ कममा कँडेलको कम्पनीलाई बेचिएको थियो ।यसो गर्नका लागि बस्नेतपत्नी उर्मिलाको पनि मिलेमतो रहेको विशेष अदालतमा दायर आरोप थियो ।

सो काम गरिदिएबापत बस्नेतले बैंक खातामार्फत दुई करोड १५ लाख ७३ हजार ३९५ रुपैयाँ ३३ पैसा, थप ६ करोड ८२ लाख रुपैयाँ मूल्य बराबरको जग्गा लिएको खुलेको थियो । साथै, उनले वैवाहिक भोज गर्दा कँडेललाई शंकर होटलमा २४ लाख ७२ हजार ६३७ रुपैयाँ ३३ पैसासमेत भुक्तानी गर्न लगाएका थिए ।

प्रतिवादी बस्नेत दम्पतीले सो काम गरिदिएबापत पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा सो कम्पनीका सञ्‍चालक राजुप्रसाद कँडेलबाट जम्मा नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा लिएको कसुर वारदात पुष्टि भएको आयोगले जनाएको थियो ।

यो रकमको गैरकानूनी स्रोत लुकाउन प्रतिवादीहरूको आपसी मिलेमतो र योजनामा घर निर्माण गरेको, विभिन्न व्यक्तिलाई भुक्तानीसमेत गरेरगराएको, सम्पत्तिको गैरकानूनी स्रोत लुकाएको, रुपान्तरण तथा हस्तान्तरण गरेको देखिएको आरोपपत्रमा उल्लेख थियो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ५ : ५९ बजे

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट