महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख « Khabarhub

महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४३ करोड ९४ लाख ७३ हजार छ सय २४ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

महोत्तरी गाउँपालिकाद्वारा आज आयोजित १३ औँ गाउँ सभामा अध्यक्ष दिलीपकुमार पाण्डेले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको नारा मूल मन्त्र मान्दै ‘समृद्ध गाउँपालिका, सुखी गाउँपालिकावासी’ बनाउने उद्देश्यले आर्थिक वर्ष २०८२/८३ लागि ४३ करोड ९४ लाख ७३ हजार छ सय २४ रुपैयाँ बराबर बजेट प्रस्तुत गरेको छु ।’

उनका अनुसार पालिकाले सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट नौ करोड ५२ लाख रुपैयाँ, सशर्त अनुदानबाट १४ करोड ५३ लाख रुपैयाँ, विशेष अनुदानबाट एक करोड रुपैयाँ र समपुरक अनुदानबाट एक करोड पाँच लाख रुपैयाँ प्राप्त हुने देखाइएको छ । 

त्यसैगरी प्रदेश सरकारको वित्तीय समानिकरण अनुदानबाट ६६ लाख आठ  हजार रुपैयाँ, सशर्त अनुदानबाट ८० लाख रुपैयाँ, विशेष अनुदानबाट ३० लाख रुपैयाँ र समपुरक अनुदानबाट २० लाख रुपैयाँ प्राप्त हुनेछ ।

सङ्घीय सरकारको राजस्व बाँडफाँटबाट आठ करोड ३९ लाख ४९ हजार एक सय ८४ रुपैयाँ, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ४९ लाख १६ हजार चार  सय ४० रुपैयाँ र आन्तरिक स्रोतबाट सात करोड रुपैयाँ जुट्ने भएको छ । 

गाउँपालिकाले प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा गौरवको आयोजनामा गाउँपालिकादेखि सबै वडा हुँदै जिल्ला सदरमुकाम जलेश्वरसम्म पुग्ने बाटोमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने कार्यक्रमलाई अघि सारेको छ । 

महत्त्वपूर्ण तथा महत्वकांक्षी योजनामा स्थानीय समुदायसँगको सहकार्यमा १५ शय्याको अस्पताल निर्माणको लागि जग्गा प्राप्ति, छ हजार घर परिवारलाई एक घर एक विद्युतीय चुल्हो वितरण, गाउँपालिकाको सबै वडाको मुख्यमुख्य चौकमा सिसीटीभी जडान, वाइफाइ फ्री जोन बनाइनेलगायत कार्यक्रम राखिएको छ । 

त्यस्तै प्रत्येक वडामा शुद्ध खानेपानी, पार्क निर्माण, किसानका लागि शितगृह निर्माण, डीप ट्युववेल जडान, बजार व्यवस्थापनलगायत कार्यक्रमलाई गाउँपालिकाले महत्त्वका साथ अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ  । रासस

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ८ : १७ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड