स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य | Khabarhub Khabarhub

टी–ट्वान्टी आई सिरिज

स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा घरेलु टोलीले नेपाललाई १९४ रनको लक्ष्य दिएको छ ।

ग्लासगोमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनाएको हो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले शानदार अर्धशतक प्रहार गरे । उनले ३९ बलमा ५ चौका र ६ छक्कासहित ७८ रन बनाए । यस्तै ब्रान्डन म्याकमुलेनले पनि ३० बलमा महत्वपूर्ण ४२ रन बनाए । माइकल लीस्कले नटआउट २६ र म्याथ्यू क्रसले १७ रन बनाए ।कप्तान रिची बेरिङ्टन ९ रनमा आउट हुँदा मार्क वाटले पनि ९ रन नै बाए ।

नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक एक विकेट लिए ।

नेपालले स्कटल्याण्ड्सविरुद्धको खेलमा करण केसीलाई विश्राम दिएर रिजन ढकाललाई मैदान उत्रारेको छ । आजको खेल दुवै टोलीलाई निर्णायक हो । दुवै टोली सिरिज आफ्नो पोल्टामा पार्न चाहन्छन् ।

नेपाल ३ खेलबाट २ मा जित र १ मा पराजयसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड समान २ खेलबाट २ हार र १ सहित तेस्रो स्थानमा छ । नेपालले यो खेल जित्यो भने ६ अंक हुन्छ । यसबाट नेपालले उपाधि चुम्नेछ ।

उता रन रेटमा अगाडि रहेको स्कटल्याण्डले जितेमा अंक बराबर हुनेछ । तर नेट रन रेटमा अगाडि रहेकाले स्कटल्याण्डले उपाधि जित्नेछ ।

यसअघि सिरिजको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको थियो । नेपाल गत सोमबार नेदरल्याण्ड्ससँग हारेको थियो । बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै तालिकाको शीर्ष स्थानमा राखेको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : २८ बजे

‘जिवनको हरेक चरणमा मधुमेह’ भन्ने नाराका साथ विश्व मधुमेह दिवस मनाइँदै 

काठमाडौं– आज विश्व मधुमेह दिवस । नेपालमा जीवनको हरेक चरणमा

महाधिवेशन मिति तोक्न कांग्रेसका २५ केन्द्रीय सदस्यले दर्ता गराए पत्र

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले चुनाव अगाडि

सुदूरपश्चिमको पैँतीस हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार

गोदावरी– सुदूरपश्चिम प्रदेशमा ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार गरिएको छ

अर्थतन्त्र पुनर्जीवनका लागि नीति, सहकार्य र सुधारको खाका

नेपाल राष्ट्र बैंकका हरेक पहलकदमीहरूको पछाडि सदैव दृढतापूर्वक सिबिफिन उभिएको

चन्द्रागिरिमा स्वास्थ्य स्वयंसेविकाको भत्ता र खाजा खर्च तीन हजार ५००

काठमाडौं– चन्द्रागिरि नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको खाजा खर्च र भत्ता