त्रिनेत्रका अनाथ बालबालिकालाई ‘रातो टीका निधारमा’ को सहयोग « Khabarhub

त्रिनेत्रका अनाथ बालबालिकालाई ‘रातो टीका निधारमा’ को सहयोग


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘रातो टीका निधारमा’ टिमले राजधानीको गोंगबुस्थित त्रिनेत्र फाउडेन्सनलाई सहयोग गरेको छ । प्रायः सिनेमाको प्रचारमा भेटिने निर्माण टिम मंगलबार भने त्रिनेत्र फाउन्डेसनमा भेटिएको थियो ।

‘रातो टीका निधारमा’ टिमले त्यहाँ रहेका दृष्टिविहिन र अनाथ बालबालिकालाई नयाँ कपडा उपहार दियो । दशैँ नजिकिँदै गर्दा सहयोग पाउँदा अनाथ बालबालिका प्रफुल्ल देखिन्थे ।

सामाजिक सञ्जाल फेसबूकमा सक्रिय ग्रुप वुरूम्स रिलोटेडको सहकार्यमा ‘रातो टिका निधारमा’ले फाउन्डेसनलाई सहयोग गरेको थियो ।
साम्राज्ञीले आफू पहिलोपटक सामाजिक कार्यमा सहभागी हुन पाउँदा खुशी लागेको बताइन् । फाउन्डेस परिसर पुग्दा उनी भावुक देखिएकी थिइन् । उनले अहिलेसम्म यस्तो खाले सहयोग नगरेको र यसरी सहयोग गर्न पाउँदा खुशी मिलेको प्रतिक्रिया दिइन् ।

यस्तै निर्देशक अशोक शर्माले अनाथ र अशक्त बालबालिकालाई सहयोग गर्दा आफ्नो बाल्यकाल याद गरेको प्रतिक्रिया दिए । ‘दशैँ भन्न वितिकै नयाँ कपडा र मिठो खानाको लागि सम्झिन्छौँ । मेरो बाल्यकालमा नयाँ कपडा लगाउन दशैँ नै कुर्नुपर्थ्यो । अहिले आएर दशैँको मुखमा सानो सहयोग गर्न पाउँदा आफुलाई भाग्यमानी ठानेको छु,’ निर्देशक शर्माले भने ।

यता शर्माका छोरा तथा फिल्म ‘रातो टिका निधारमा’बाट डेब्यु गरेका कलाकार अंकित शर्माले यस्तो खालको सहयोग गर्दा खुशी मिल्ने बताए । ‘कुनै बेला कपडा लगाउन दशैँ कुर्ने मेरो बुबाले हामीलाई यस्तो अभाव हुन दिनुभएन, उहाँहरुलाई सहयोग गर्दा खुशी लाग्यो,’ अंकितले भने ।

अभिनेता रविन्द्र झा पनि त्यहाँ पुगेका थिए । उनले सानो सहयोगले पनि अरुको जीवनमा ठूलो खुशी ल्याउने प्रतिक्रिया दिए ।

किरण शर्मा र कृति शर्माले निर्माण गरेको ‘रातो टिका निधारमा’ले वैदेशिक रोजगारको कथा उठाएको छ । रोजगारका कारण दशैँमा घर फर्किन नसकेका नेपालीको कथा बोल्ने यो फिल्म असोज १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १० : ३३ बजे

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले