मासु नपकाइदिएको भन्दै श्रीमतीको हत्या, चार छोराछोरीको विचल्ली « Khabarhub

मासु नपकाइदिएको भन्दै श्रीमतीको हत्या, चार छोराछोरीको विचल्ली


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिपायल– दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन् ।

मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले अन्धाधुन्ध कैची प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । हत्यापछि अहिले कृष्ण जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

हत्या अभियोगमा कारागार चलान भएपछि अहिले कृष्णका चार छोराछोरी बिचल्लीमा परेका छन् । कृष्णकी आमा पार्वतीलाई अहिले आफ्ना नातिनातिनीहरुको साँझ बिहानको भोक मार्ने चिन्ताले गाँजेको छ ।

कृष्णका छोराछोरीको गत असारदेखि पढाइ पनि अलपत्र परेको छ । स्थानीयवासी भरत द्वारियाका अनुसार पार्वतीलाई बाथरोगले ग्रसित बनाएको छ । पावर्तीको घरमा खानलाई अन्नको दाना पनि छैन । काम गरी कमाएर कलिला नातिनातिनालाई पाल्न सक्ने ताकत उनमा छैन ।

रक्सीले मातेका बुवाले आखै अगाडि आमाको बिभत्स हत्या गरेको देखेका कृष्णका छोरा छोरी अहिले कसैसँग बोल्न समेत डराउछन् । आमाको हत्यापछि बिचल्लीमा परेका उनीहरुको पढाईको जिम्मा दिपायल नगर प्रमुख मञ्जु मलासीले लिने प्रतिबद्धता गरेको पार्वतीले बताइन् ।

उनले भनिन् “नातिनातिनालाई पढाउँछु त भन्नुभएको हो, तर पछि आउनुभएन के पो भयो ।” तत्कालको समयमा नगरपालिका र वडा कार्यालयले किरिया खर्चवापत भनेर पार्वतीका परिवारलाई रु ३५ हजार राहत दिएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १० : ४३ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको