दशैं नजिकिएसँगै ३ दिनमा ४४ घरमा चोरी | Khabarhub Khabarhub

दशैं नजिकिएसँगै ३ दिनमा ४४ घरमा चोरी


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिए ।

यसरी चोरी भएका स्थानमा गुल्मीदरबार–१ अन्तर्गत बलीथुममा आठ र वडा नं २ अन्तर्गत जुभुङको झिरबासमा २१ गरी २९ घरमा चोरी भएको छ भने रेसुङ्गा–१३ अन्तर्गत दुबीचौरमा १५ घरमा चोरी भएको वडाध्यक्ष खुमबहादुर खत्रीले बताए ।

रातिको समयमा चोरी गर्दै आइरहेका व्यक्तिहरुले कतिपय घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडी घरभित्र पसेर दराज र अटेजी फुटाइ नगद, गरगहाना र सुनलगायतका सामग्री चोरी गरी लगेको स्थानीयवासीले बताएका छन् ।

चोरी गर्नेहरुले प्रति घरबाट रु पाँच हजारदेखि २५ हजारसम्म नगदसहित पाँच तोलासम्म सुन गरी लाखौँ रकम बराबरको सामान चोरी गरेको बताइएको छ ।

गाउँमा चोरीका घटना बढ्न थालेपछि यतिबेला दुबिचौरमा स्थानीयवासीले रातभर गस्ती अभियान शुरु गरेका छन् । चाडपर्व नजिकिँदै जाँदा चोरीका घटना बढ्दै जान थालेपछि जिल्ला प्रहरी कार्यालयले जिल्ला र स्थानीय प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरी गस्ती गर्न शुरु गरेको छ ।

घटनाको जानकारी पाएपछि क्षतिको विवरण सङ्कलन गर्न र चोरी गर्ने व्यक्तिको खोजतलास गर्न सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ११ : ०१ बजे

नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ – त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज

कांग्रेसको अव्यवस्थित बसोबास समन्वय विभाग विस्तार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास

ज्ञानेन्द्रका पाँच गल्ती, एक राम्रो काम !

काठमाडौं – आज माघ १९ गते । ०६१ सालमा आजकै

विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

मलङ्गवा– गैरसरकारी संस्था महासङ्घ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक सङ्घ–संस्थाहरूले विवाहको

नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने 

काठमाडौं– व्यापार र वाणिज्य प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल–स्टोनिया चेम्बर अफ