पारस र सन्दीपको सम्बन्ध बिग्रिएको हो ? « Khabarhub

पारस र सन्दीपको सम्बन्ध बिग्रिएको हो ?


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पछिल्लो २ वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा पाएको सफलताले उनी चर्चाको शिखरमा छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा उनको प्रदर्शनलाई लिएर चर्चा भइरहेपनि यतिबेला नेपालमा भने उनले राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सामाजिक सञ्जालबाट हटाएको (अनफलो) गरेको विषयले चर्चा पाइरहेको छ ।

नेपाली टोली बुधबारै सिंगापुर र ओमान सिरिजका लागि विदेश यात्रामा रहँदा कप्तान पारस र लेग स्पिनर सन्दीपबीचको सम्बन्धलाई लिएर नेपालमा चर्चा चलिरहेको छ ।

नेपाली खेलाडीबाट सामाजिक सञ्जालमा सबैभन्दा धेरै फलोअर पाएका सन्दीपले सिमित व्यक्तिहरुलाई मात्रै फलो गरेका छन् ।

अहिले उनको ट्वीटर ह्यान्डलमा १ लाख ६२ हजार ५ सय फलोअर छन् भने उनले १८ जनालाई फ्लो ब्याक दिएका छन् ।

त्यसमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी, करण केसी, सुवास खकुरेल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासलगायतका खेलाडीसहित केही विदेशी खेलाडीलाई उनले फ्लो गरेका छन् ।

तर, केही समय अगाडिसम्म कप्तान खड्कालाई पनि फलो गरेका सन्दीपको फ्लोइङ लिष्टमा अहिले खड्का छैनन् । यता, सन्दीपको इन्स्टाग्राम अकाउन्टमा पनि कप्तान खड्का अनफ्लो भएका छन् ।

१ लाख ३९ हजार फलोअर्स रहेको इन्स्टाग्राम अकाउन्टमा सन्दीपले क्रिकेटसँग सम्बन्धीत २२ जनालाई फलो गरेका छन् ।

सन्दीपको फलोअर लिष्टमा कप्तान खड्का नभएपछि नेपाली क्रिकेट समर्थकहरु पनि सन्दीपप्रति आक्रोसित भएका छन् ।

यसरी कप्तान र टोलीका अनिवार्य खेलाडी सन्दीपबीच के सम्बन्ध बिग्रिएको हो ? भन्ने जस्ता प्रश्न क्रिकेट समर्थकले गर्न थालेका छन् । विदेश भ्रमणमा निस्किन लागेको नेपाली टोलीका दुई महत्वपूर्ण खेलाडीबारे विवाद पहिलो पटक बजारमा आएको हो ।

क्यानका एक पूर्व पदाधिकारीका अनुसार भने पछिल्लो समय पारस र सन्दीपको सम्बन्धमा केही समस्या देखिएको छ ।

‘अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता पाएसँगै सन्दीपको व्यवहारमा केही परिवर्तन आएको छ,’ श्रोतले भन्यो,’ नेपाली सिनियर खेलाडी प्रति उनको व्यवहारमा पनि परिवर्तन देखिएको छ, यसले गर्दा पारस र उनीबीच समस्या भएको हुन सक्छ ।’

सामाजिक सञ्जालमा प्रशंसकले यस्तो चर्चा चलाइरहँदा यी खेलाडीबीचको सम्बन्ध बिग्रकोबारे आफूलाई जानकारी नभएको नेपाली राष्ट्रिय टोलीका क्रिकेट एनालिसिस्ट रमन शिवाकोटीले बताए ।

‘सामाजिक सञ्जालमा फलो अनफलोबारे मलाई धेरै थाहा हुँदैन । त्यसरी खुल्ने गरि मैले चाहीँ सम्बन्ध बिग्रेको सुनेको छैन्,’ शिवाकोटीले भने,‘अब अहिले यी दुई खेलाडीबीच भेट भएको छैन् । सिंगापुर पुगेपछि थाहा होला के भएको हो ।’

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ११ : ५३ बजे

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्मा भारी वृद्धि भएको छ

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का