आफ्ना आदर्श नेयमारसँग ब्राजिलमा रमाउँदै लामिन यामाल « Khabarhub

आफ्ना आदर्श नेयमारसँग ब्राजिलमा रमाउँदै लामिन यामाल


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

बार्सिलोना- बार्सिलोनाका किशोर स्टार लामिन यामालले अन्ततः आफ्ना बाल्यकालका ‘आदर्श’ ब्राजिली सुपरस्टार नेयमारसँग भेट गर्ने मौका पाएका छन्। यामाल अहिले ब्राजिलको साओ पाउलो र रियो डी जेनेरोमा छुट्टी मनाइरहेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा यामाल र नेयमारलाई फुटभली खेल्दै,गोल्फ बग्गीमा सयर गर्दै रमाइरहेका छन् । उनीहरू दुवैजना पौडी पोखरीमा रमाउँदै विश्राम गरिरहेको देखिन् छ।

नेयमारले शुक्रबार साँझ एक भिडियो सार्वजनिक गर्दै लेखेका छन्, ‘माई ब्रदर’, यामालले पनि जवाफमा ‘माई ब्रदर’ लेखेर निकटता र आत्मीयता प्रकट गरेका छन्।

१७ वर्षीय यामालले यस साता विश्व चर्चित सर्फिङ च्याम्पियन ग्याब्रिएल मेदिनासँग पनि समय बिताएका छन्। स्पेनको राष्ट्र टोलीसँग युएफा नेशन्स लिगको फाइनलमा पोर्चुगलसँग हार व्यहोरेसँगै यामाल अहिले ग्रीष्मकालीन विश्राममा छन्। उनी आवद्ध बार्सिलोनाले क्लब विश्वकप फुटबलमा सहभागिता जनाएको छैन ।

बार्सिलोनाका पूर्वस्टार नेयमार पनि हाल आफ्नै बाल्यकालको क्लब सान्तोसबाट खेलिरहेका छन् । क्लब विश्वकपका कारण ब्रासिलेरो लिग रोकिएकाले उनीसमेत विश्राममा छन्।

यामाल मात्र ६ वर्षको हुँदा नेयमार सान्तोसबाट बार्सिलोनामा आएका थिए। यद्यपि उनले लिओनेल मेस्सीलाई ‘सर्वश्रेष्ठ’ माने पनि उनले सबैभन्दा धेरै रमाइलो नेयमारको खेल हेर्दा भएको बताए।

‘म सात वर्षको हुँदा पहिलोपटक क्याम्प नोउमा नेयमारको खेल हेरेँ। त्यो अनुभव अविश्वसनीय थियो,’ यामालले सीएनएनसँग यस वर्षको सुरुवातमा भनेका थिए ।

‘त्यो बेला मेस्सी पनि थिए, तर नेयमार केही फरक थिए। उनी सधैँ मेरो आदर्श थिए। उनी एक स्टार, फुटबलको एक जीवित किंवदन्ती हुन्’ यामालले भने।

गत अप्रिलमा ईएसपएनसँगको अन्तर्वार्तामा उनले आफू सानो हुँदा नेयमारको जर्सी लगाउने गरेको पनि बताएका थिए। सन् २०१७ मा नेयमारलेविश्व कीर्तिमानी २२२ मिलियन युरो (करीब २५५.८ मिलियन डलर) मा बार्साबाट पीएसजी सरेका थिए।

यामालले बार्साका लागि गत सिजन उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ५५ खेलमा १८ गोल र २५ असिस्ट गरे । यसैका आधारमा उनी बालोन डी’ओरको दौडमा पनि छन्। बार्साका पूर्व खेलाडी जेरार्ड डुलोफेउले यामाललाई ‘मेस्सी र नेयमारको सम्मिश्रण’ भनेर प्रशंसा गरेका छन्।

यस वर्षको कोपा डेल रे फाइनलअगाडि उनले कपाल पहेँलो रंगले रंग्याउनुलाई पनि नेयमारबाट प्रेरित भनेर टिप्पणी गरिएको थियो ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ७ : १७ बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना