अमरेशले ७२ जिल्ला अरू देशलाई लिजमा दिऊँ भनेपछि संसद्‍मा लफडा « Khabarhub

अमरेशले ७२ जिल्ला अरू देशलाई लिजमा दिऊँ भनेपछि संसद्‍मा लफडा


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले बजेट पाउने भाग्यमानी पाँच जिल्लामात्रै नेपालमा राखेर बाँकी ७२ वटा अरू देशलाई लिजमा दिनुपर्ने बताएका छन् ।

उनले आर्थिक वर्ष २०८२/८३ का लागि विभाजित बजेट पहुँचवाला नेताको पाँच जिल्लामा मात्रै बाँडिएको भन्दै व्यंग्य गरेका हुन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विनियोजन विधेयकबारेमा बोल्दै उनले बजेट नपाउने जिल्लाहरूलाई अमेरिका, चीन र भारतलाई लिजमा दिनुपर्ने प्रस्ताव गरेका हुन् ।

‘बजेट नै जाँदैन भने ती जिल्ला नेपालमा किन राख्ने ? काठमाडौंमा मात्रै ३ करोडको दरले १३१ योजना छन् । त्यसअनुपातमा सर्लाहीमा कम्तीमा १५/२० वटा त हुनुपर्ने हो’, उनले भने, ‘बजेटलाई निजी सम्पत्ती ठानियो । सुदूरपश्चिममा गेटा मेडिकल कलेज छँदैछ, डडेलधुरामा किन अर्को चाहियो । मधेशका लागि किन छुट्याइएन ?’

सहकारी विकास मन्त्री प्रकाशमान सिंहले बजेटलाई निजी सम्पत्ति ठानेर काठमाडौंमा बजेट हालिएको भन्दै आलोचना गरे ।

तर, सिंहले बोलिरहँदा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियामापत्ति गरेका थिए । उनले ५ बाहेक अरु जिल्लालाई अरु देशलाई लिजमा दिए हुन्छ भनेर बोलेको कुरालाई लिएर आपत्ति जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले अमर‍ेशले बोलेको उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिए । तर सांसद सिंहले सानातिनालाई मात्रै होइन, अरू दलकालाई पनि रुलिङ गर्न माग गरे ।

सभामुख घिमिरेले निर्धारित विषयमा नबोल्ने भए ड्यास छाडेर तल जान भनेका थिए । तर अमरेशले बरू नबोल्ने तर ड्यास छाडेर तल नजाने बताए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १२ : ३१ बजे

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट