नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेकाे छ : उड्डयनमन्त्री पाण्डेले « Khabarhub

नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेकाे छ : उड्डयनमन्त्री पाण्डेले


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेको बताएका छन् ।  

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पाण्डेले अहिले नै नयाँ विमान खरिद गर्नुभन्दा पनि लिजमा लिएर जहाज सञ्चालन गर्नेबारे छलफल भइरहेको बताएका हुन् । 

उनले हरेक विमान खरिद गर्दा पारदर्शीताको प्रश्न र काण्डहरू आउने गरेकाले पारदर्शीतालाई सुनिश्चित गर्न संयन्त्र नै खडा गर्नुपर्ने देखिएको जिकिर गरे ।

मन्त्री पाण्डेले अहिले नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय यात्रु ल्याउने लैजाने क्षमता १० प्रतिशतमात्रै रहेको र ९० प्रतिशत यात्रु बाहिरका एयरलाइन्सबाट यात्रा गरिरहेको उल्लेख गरे  ।

यसका कारण हवाई भाडामा एकरुपता कायम गर्न नेपाल एयरलाइन्सले मात्रै भाडा घटाएर वा बढाएर सम्भव नदेखिएको उनको भनाइ छ ।

त्यस्तै मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडानको दुर्घटनामा यात्रुहरूले पाउनुपर्ने बीमाको रकम र स्वदेशी दुर्घटनामा परेका यात्रुहरूले पाउने बीमामा धेरै अन्तर रहेकाले त्यसलाई न्यायोचित गर्न आवश्यक कानून ल्याउने तयारी भइरहेको जानकारी दिए । छाता ऐनको रूपमा हवाई नीतिसँगै हवाई ऐनको तयारी गरिरहेको उनले बताए । 

मन्त्री पाण्डेले हवाई क्षेत्रलाई व्यवस्थित पार्ने दृष्टिकोणबाट नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयक ल्याएको उल्लेख गरे  । समितिको अर्को बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ का सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने समिति सभापति राजकिशोर यादवले जानकारी दिए । 

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  २ : १८ बजे

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको