सदन बहिष्कारबारे रास्वपाले भन्यो- हाम्रा कुरा सुनेनन्, हामीले पनि सुनेनौँ « Khabarhub

सदन बहिष्कारबारे रास्वपाले भन्यो- हाम्रा कुरा सुनेनन्, हामीले पनि सुनेनौँ


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले सत्तापक्षले आफूहरूको कुरा नसुनेकाले सत्तापक्ष सांसदले बोल्दा आफूहरूले सदन बहिष्कार गरेको बताएका छन् ।  

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकमीसँग कुरा गर्दै प्रवक्ता झाले विरोधकाबीच आफूहरूले अन्य सबै सांसदको कुरा सुनेको तर सत्तापक्ष सांसदले बोल्न थालेपछि आफूहरूले बैठक बहिष्कार गरेको बताएका हुन् ।

सत्तापक्षले रास्वपाले उठाएका विषयलाई नसुनेसम्म उनीहरूको कुरा नसुन्ने उनको भनाइ छ । उनले सरकारले दुई तिहाइको दम्भ देखाउँदै लुटेर राज्य चलाई रहन्छौँ भन्ने किसिमको जवाफ दिई राखेको उल्लेख गरे।  

उनले सरकारले ल्याएको बजेटप्रति समेत रास्वपाको असन्तुष्टि रहेको बताए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ५ : ०३ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली