पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, तत्कालीन सदस्य सचिव तथा हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा। घनश्याम खतिवडासमेत १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ ।

पशुपति क्षेत्र विकास कोषरसार्वजनिक संस्थाको सम्पत्ति हिनामिनारहानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले आज (आइतबार) विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

थापा लगायतले बोलपत्रको मूल्याङ्कनमा प्रतिस्पर्धा सीमित गराएको, आपसी मिलोमतो तथा योजनामा आफूहरूलाई लाभ र पशुपति क्षेत्र विकास कोषरसार्वजनिक संस्थालाई हानि नोक्सानी पुर्‍याउने वदनियतले कोषमा भएका पूर्व अनुभव र कागजातहरूको प्रयोग समेत नगरी पशुपति क्षेत्र विकास कोषको लागि विद्युतीय शवदाह गृह जडान लगाएत काममा अनियमितता गरेको आरोपपत्रमा उल्लेख छ ।

कोषलाई ठेक्का सम्झौता रकम १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा हिनामिना हानिनोक्सानी दुरुपयोग गरेरगराएकाले प्रतिवादीहरू उपर सजाय मागवादी लिई आज आरोपपत्र दायर गरेको हो ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ६ : ४७ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली