पशुपतिनाथ र बुद्ध पुकार्दै कान्छारामले भने- प्रकाशमान र विष्णुलाई ०८४ पछि संसद्‍मा देख्नु नपरोस् « Khabarhub

पशुपतिनाथ र बुद्ध पुकार्दै कान्छारामले भने- प्रकाशमान र विष्णुलाई ०८४ पछि संसद्‍मा देख्नु नपरोस्


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले संघीय सरकारका दुईजना मन्त्रीहरूको संसद् बैठकमै उछितो काढेका छन् ।

कांग्रेस रामेछापका सभापतिसमेत रहेका उनले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्नो गृहजिल्ला काठमाडौं र रुपन्देहीमा बजेट ओइर्‍याएको भन्दै आक्रोश पोखेका हुन् ।

दुईजना मन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै बजेट ओइर्‍याएको बताउँदै उनले गम्भीर आपत्ति जनाए । आइतबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले उपप्रधानमन्त्रीद्वय सिंह र पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै अर्बौं बजेट लगेर अरूलाई उपेक्षा गरेको उल्लेख गरे ।

पूर्व ऊर्जा राज्यमन्त्री तामाङले प्रकाशमानले काठमाडौंमा तीन करोड का २०७ वटा योजनामा बजेट विनियोजन गरेर अरु जिल्लालाई बेवास्ता गरेको बताए ।

प्रकाशमानलाई कटाक्ष गर्दै उनले भने, ‘प्रकाशमान सिंह हाम्रो सर्वोच्च नेता गणेशमान सिंहको छोरा हुनुहुन्छ । म यहाँलाई काठमाडौं जिल्लामा २०७ वटा तीन करोडको बजेट विनियोजन गरिदिनुभएकोमा रामेछाप जिल्लाको तर्फबाट र नेपाली कांग्रेस रामेछापको तर्फबाट म यहाँलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु ।’

तीन करोडभन्दा कम बजेट विनियोजन नगर्ने भनिए पनि व्यबहारमा त्यो लागू नभएको भन्दै उनले आपत्ति जनाए । काठमाडौंमा २ लाखबाट २ करोडसम्मका १५० वटा योजनका लागि बजेट विनियोजन भएको उनले बताए । यस्तो तरिकाले देश बन्न नसक्ने उनको भनाइ थियो ।

उता उपप्रधानमन्त्री पौडेलको निर्वाचन क्षेत्र रहेको जिल्ला रुपन्देहीमा तीन करोडका ७९ वटा योजना हालिएको उनले बताए । सहकारी विकास मन्त्री र अर्थमन्त्रीबीच मीतले चिनो साटेको जस्तो बजेट साटासाट भएको तामाङले बताए ।

‘रुपन्देहीमा तीन करोडको बजेट ७९ वटा प्याकेज गएको छ । सहरी विकास मन्त्री र अर्थमन्त्रीबीच मितको चिनो साटेको हो यो ? अरु ७७ जिल्लामा माननीयले जितेको छैन १६५ वटा ? ११० वटा समानुपातिक छैन, के क्याल्कुलेसन गर्नुभएको हो तपाईंहरूले ?’, उनले भने, ‘यही हो राज्य चलाउने तरिका उपप्रधानमन्त्रीज्यू दुवैको ? चल्छ राजनीति ? देश चल्छ, कुन हिसाबले चल्छ ? तपाईंहरू मात्रै अघाउनुपर्ने, तपाईंहरूले मात्रै चुनाव जित्नुपर्ने ? तपाईंहरू मात्रै मन्त्री हुनुपर्ने ?’

उनले संसद्को रोस्ट्रममा उभिएर आफू बौद्ध धर्मावलम्बी भएकाले बजेट किताब नच्यात्ने बताए । तर उनले पौडेल र सिंह दुवैले २०८४ को चुनाव हारुन् समेत भने ।

२०७९ को चुनावमा प्रकाशमान ८० र विष्णु पौडेल ६०० भोटले मात्रै विजयी भएको बताउँदै तामाङले ०८४ को चुनावमा दुवैको हारको कामना गरे । उनले प्रकाशमानलाई भने कांग्रेसको १५ औँ महाधिवेशनमा ठेगान लगाइदिने बताए ।

‘म यो बजेट किताब च्यादिनँ, म तामाङको छोरो बौद्ध धर्म मान्ने छोरो, किताब च्यात्ने कुरामा विश्वास गर्दिनँ’, उनले बजेट किताबलाई ढोग्दै भने, ‘भगवान गौतम बुद्ध र पशुपतिनाथलाई पुकारेर भन्छु, ०८४ को चुनावपछि प्रकाशमान र विष्णु पौडेललाई यो संसद्मा देख्नु नपरोस् ।’

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ७ : ५२ बजे

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौँ विस्थापित

न्होम्पेन– कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले