विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरू बोल्ने क्रम सकियो « Khabarhub

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरू बोल्ने क्रम सकियो


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि सदस्यहरूले बोल्ने क्रम आजदेखि सकिएको छ । 

सभाको आजको बैठकबाट युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ र सहकारी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगका सचिवालय र राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकहरूमाथि छलफलमा सांसदहरूको बोल्ने क्रम सकिएको हो । 

त्यसअघि, आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले संसद् सचिवालयमा सांसद समन्वय शाखा स्थापना गर्न सुझाव प्रस्तुत गरे । उनले सांसदहरूले जनताका आवश्यकता र योजनाका लागि मन्त्रालय धाउने प्रवृत्तिको अन्त्य गर्दै उक्त शाखामा बुझाउन सक्ने धारणा राखे । 

नेपाली कांग्रेसका सांसद सीता गुरुङले बजेट महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री नबनेको टिप्पणी गरिन् । उनले आगामी बजेटले सातै प्रदेशमा घरेलु हिंसा वा हिंसा पीडितहरूका लागि सेवा केन्द्र ‘सेफ हाउस’  बनाउने व्यवस्था गर्न माग गरिन् ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार ९ गते बिहान ११ बजे बस्नेछ । सो बैठकमा यस विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथि उठेको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ । 
 

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ७ : ४९ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर