चिनियाँ नेता फर्किए, छलफलले सकारात्मक र भिन्न प्रभाव पार्‍यो– नेकपा « Khabarhub

चिनियाँ नेता फर्किए, छलफलले सकारात्मक र भिन्न प्रभाव पार्‍यो– नेकपा


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसहितको टोली आज चीन फर्किएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका स्कूल विभागका उपप्रमुख वेदुराम भुसाल र विदेश विभागका उपप्रमुख विष्णु रिजालले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ तावसहितको टोलीलाई बुधबार विहान विदाइ गरेका हुन् ।

सोङ चिनियाँ राष्ट्रपति सि चिन फिङको आसन्न नेपाल भ्रमणको तयारी र नेकपासँगको विचारधारात्मक छलफलमा सहभागी हुन नेपाल आएका थिए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको संयुक्त आयोजनामा असोज ६ र ७ गते काठमाडौंमा भएको ‘विचार धारात्मक छलफल’ र त्यसपछि भएको दुई पार्टी बीच भएको सम्झौताले दुई पार्टीबीचको सम्बन्ध अझ मजबुद भएको नेकपाले जनाएको छ ।

नेकपाको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले एक विज्ञप्ति जारी गरी दुई पार्टीबीचको सम्बन्ध अझ मजबुद भएको बताएका हुन् । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको अपेक्षा र तयारी चलिरहको सन्दर्भका बीच आयोजित यस विचारधारात्मक छलफलले नेपाली समाजमा निकै सकारात्मक र भिन्न प्रभाव पारेको उनले उल्लेख गरेका छन् ।

यसको सफल आयोजनाले दुवै पार्टीलाई उत्साहित बनाएको र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन आधार प्रदान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सम्बन्धलाई अझ मजबुत आधार प्रदान गर्न संयुक्त सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।

नेकपाका विदेश विभाग प्रमुख वरिष्ठ नेता माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुन ताओले उक्त सहमतिमा असोज ७ गते हस्ताक्षर भएको छ, जसले दुई पार्टीलाई भविष्यमा अझ घनिष्ट र आशंकारहित सम्वन्धमा आवद्ध गर्ने विश्वास नेकपाले गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १ : १३ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन