मेची भन्सारबाट १४ अर्ब ४३ करोड राजस्व सङ्कलन « Khabarhub

मेची भन्सारबाट १४ अर्ब ४३ करोड राजस्व सङ्कलन


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा– मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१–०८२ को जेठसम्ममा १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । गत आव २०८०–०८१ को सोही अवधिमा १६ अर्ब ६७ करोड २८ लाख ४० हजार सङ्कलनको लक्ष्य राखिएकोमा ७७.५६ प्रतिशतमात्र राजस्व सङ्कलन भएको थियो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ११ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थ आयातबाट ६०.८१ प्रतिशत अर्थात् आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार सङ्कलन भएको छ ।

यसैगरी तरकारी आयातबाट ६२ करोड ४४ लाख ९६ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट ४० करोड ७४ लाख ५० हजार, खनिज उत्पादनबाट २७ करोड ५१ लाख ९१ हजार, कफीबाट २१ करोड ५४ लाख ७० हजार, दलहनबाट २० करोड ७७ लाख ३९ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।

मेची भन्सारबाट चालु आर्थिक वर्षको ११ महिनामा २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार बराबरको वस्तु निर्यात हुँदा २३ करोड ७५ लाख १९ हजार राजस्व सङ्कलन भएको छ ।

यसैगरी सोही अवधिमा ४० अर्ब ७७ करोड ६ लाख ४८ हजार बराबरको वस्तु आयात गरिँदा १४ अर्ब २० करोड १७ लाख १८ हजार राजस्व सङ्कलन भएको छ । (रासस)

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ७ : ३५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर