सीपीएलको ‘ब्रेक थ्रु स्टार’ सन्दीप « Khabarhub

सीपीएलको ‘ब्रेक थ्रु स्टार’ सन्दीप


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट नेभिस एण्ड किट्स पेट्रियट्सबाट खेलेका नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले सिपीएल ओस्कारमा ‘ब्रेक थु्र स्टार’ अवार्ड जितेका छन् । सोमबार सीपीएलले सार्वजनिक गरेको ओस्कारमा सन्दीपले ब्रेक थ्रु स्टार खेलाडीको अवार्ड जितेका हुन् ।

२०१८ मार्चमा सम्पन्न सीपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । जहाँ उनले खेलेका ५ खेलमा ७ विकेट लिँदै ६.२३ को इकोनोमी राखेका थिए ।

अघिल्लो सिजनको इन्डीयन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपले सीपीएलमा अवसर पाएका थिए । जहाँ उनले आफ्नो क्षमतामा निखारता ल्याउँदै उत्कृष्ट लय देखाएका थिए ।

पहिलो पटक सीपीएल खेलेका सन्दीपले ब्रेक य्रु अवार्ड पाएका छन् । आईपीएल, सीपीएल, अस्ट्रेलियाको बिग बास लिग खेलेका सन्दीप यो सिजनको आईपीएलका लागि दिल्ली क्यापीटल्स (दिल्ली डेयरडेभिल्सको परिवर्ती नाम) ले रिटेन गरिसकेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ८ : १७ बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक