काठमाडौंलाई प्रदेश राजधानीसँग जोड्ने कान्ति लोकपथको बेहाल (तस्बिरहरू) « Khabarhub

काठमाडौंलाई प्रदेश राजधानीसँग जोड्ने कान्ति लोकपथको बेहाल (तस्बिरहरू)


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशको केन्द्रीय राजधानी काठमाडौंलाई बागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने सडकमध्ये टीका भैरव-हेटौंडा सडक (कान्ति लोकपथ) अहिले सबैभन्दा चल्तीको सडक हो ।

पछिल्लो समय बीपी राजमार्गमा समस्या आएकाले हेटौंडा हुँदै पूर्व जाने सवारीसाधनले पनि यो सडक प्रयोग गर्ने गरेका छन् । बाढीको जोखिमका कारण अहिले बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ५:३० सम्म सवारीसाधन चलाउन रोक लगाइएको छ ।

त्यसो त टीका भैरव-हेटौंडा सडक पनि जोखिम रहित भने छैन। टीकाभैरवदेखि भिमफेदी (बागमती पुलसम्म ) ठाउँ ठाउँमा पहिरो झरेको छ । पानी परेपछि बाटो हिलो भएर सवारी साधन फस्ने समस्या छ । पानी परेको बेला हुस्सु लागेर भिजिबिलिटी निकै कम हुने गरेको छ ।

यसैगरी भिमफेदी ( बागमती खोला ) देखि मकवानपुर गढीसम्म ठाउँ ठाउँमा सुख्खा पहिरो जाने अनि ढुंगाहरु खस्ने भइरहेको छ । बाटो निर्माणको काम पनि भइरहेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १ : ३५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म