राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दो « Khabarhub

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दो


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम बढेको हो ।

दैनिक हजारौं सवारीसाधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दा पनि सम्बन्धित सरोकारवाला निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउँछन् । असार–साउन महीनाको अविरल वर्षाका कारण मिर्चैयामा भत्केका सडकको झण्डै दुई महीना बिते पनि टालटुलसमेत हुन सकेका छैन् ।

विशेषगरी पूर्वमा मिर्चैयाको मटिअर्वा चोकदेखि पश्चिममा सल्हेश चोकसम्म रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ । मिर्चैयाको मटियर्वा चोक, थाना चोक, कटारी चोक र पश्चिम बस पार्क रहेका ठूल–ठूला खाल्डाखुल्डीले पैदल आवतजावत गर्न समेत समस्या भइरहेका छन् ।

एकातिर सडकमा रहेका खाल्डाखुल्डी पार गर्नका लागि चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढे्को स्थानीय व्यापारी अशोक साहले बताए । राजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक जानकारी गराए पनि कुनै चासो नदिएको व्यापारी साहको कथन छ ।

राजमार्गको केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हँुदासमेत सडक डिभिजन कार्यालय लहानले कालोपत्र गरेर दिगो समाधान गर्न तर्फ ध्यान नदिएको स्थानीयवासीको आरोप छ । वर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुको साथै स्थानीयवासीलाई सास्ती व्यहोर्नु परेका छन् । मुख्यमार्गमा पैदल आवतजावत गर्नेलाई पनि कठिनाइ भइरहेका छन् । सडकमा जोखिम मोलेर भए पनि चालकले यातायात सञ्चालन गर्ने गरेका छन् ।

यता मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद पौडेलले सडकको दुर्दशाप्रति आफू पनि चिन्तित रहेको बताए । उनले सडकको समस्या समाधानका लागि पहल गरिरहेको बताउँदै यो समस्या चाडै समाधान हुने विश्वास व्यक्त गरे ।

यसैबीच चाडपर्व नजिकिएसँगै सिरहामा विस्फोटक पदार्थ पटका भित्रिने क्रम बढ्को छ । यसै क्रममा सिरहा प्रहरीले भारतीय सीमावर्ती क्षेत्रबाट आज बिहान ठूलो परिमाणमा विस्फोटक पदार्थ पटका बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा नगरपालिका– ७ स्थित सीमावर्ती क्षेत्रबाट करीब रु एक लाख मूल्य बराबरको पटाका, चिरचिरीलगायतका विस्फोटक पदार्थ बरामद गरेको जनाएको छ । बरामद गरिएका विस्फोटक पदार्थ सरोकारबालाको रोहबरमा नष्ट गरिने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट रु डेढ लाख मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई कारवाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १ : ५० बजे

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म