निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री « Khabarhub

निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवा विधेयक छिटै अघि बढ्ने बताएका छन् ।  

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुप्ताले सङ्घीय निजामती सेवा विधेयकलाई सरकारले रोक्नुपर्ने कुनै कारण नभएको भन्दै छिटै अघि बढ्ने बताएका हुन् । 

कुलिङ पिरियडको व्यवस्थाका कारण सङ्घीय निजामती सेवा विधेयक रोकिएको भन्ने कुरामा सत्यता नरहेको उनले बताए । उनले संसद्मा विरोध भइरहेको र आफ्नो मन्त्रालयमा महत्त्वपूर्ण कार्यक्रम परेका कारण असार ३ गतेको कार्यसूचीबाट उक्त विधेयक हटाइएको स्पष्ट पारे ।  

मन्त्री गुप्ताले संसदीय समितिबाट पारित विधेयकको फुलस्टप र कमा समेत परिवर्तन नहुने जिकिर गरे ।

उनले विगत नौ वर्षदेखि अलपत्र विधेयक ठूलो मेहनतका साथ राज्य व्यवस्था तथा सुशासन समितिद्वारा बहुमतले पारित भएको स्मरण गर्दै सो विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ३ : ५८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल