कोरोना संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि « Khabarhub

कोरोना संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेनसिङ परीक्षणबाट ५ जनामा उक्त भेरियन्ट भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख चन्द्र बल झाले जानकारी दिए ।

उनका अनुसार गत जेठ २२ गतेदेखि २९ गतेसम्म कोभिडको संक्रमण देखिएका १४ जनाको जिन सिक्वेन्सिङ परीक्षण गरिएको थियो ।

अहिले भेटिएको भेरियन्ट संक्रामक भएपनि धेरै घातक भने नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसअघि नै पुष्टि गरिसकेको छ ।

नयाँ भेरियन्ट भेटिएपछि पहिले जस्तै आवश्यक सतर्कता अपनाउनुपर्ने चिकित्कहरूले बताएका छन् ।

इडीसीडीको तथ्यांक अनुसार नेपालमा २०८१ पुसदेखि हालसम्म १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ५ : १५ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली