चीनको विद्युत उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि « Khabarhub

चीनको विद्युत उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– राष्ट्रिय ऊर्जा प्रशासनले सोमबार दिएको जानकारीअनुसार, चीनको कुल विद्युत उत्पादन क्षमता २०२५ मे महिनाको अन्त्यसम्म ३.६१ अर्ब किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.८ प्रतिशतले वृद्धि भएको हो।

कुल क्षमतामध्ये सौर्य ऊर्जाको योगदान उल्लेखनीय रहेको छ। सौर्य विद्युत उत्पादन क्षमता १.०८ अर्ब किलोवाट पुगेको छ, जसमा गत वर्षको तुलनामा ५६.९ प्रतिशतको वृद्धि देखिएको छ। त्यस्तै, पवन ऊर्जाको उत्पादन क्षमता पनि वृद्धि भई ५७ करोड किलोवाट पुगेको छ, जुन २३.१ प्रतिशतले बढेको हो।

लगानीको पक्षमा हेर्दा, मुख्य विद्युत उत्पादन कम्पनीहरूले सन् २०२५ को जनवरीदेखि मे महिनासम्मका अवधिमा विद्युत उत्पादन परियोजनाहरूमा कूल २५७.८ अर्ब युआन (अन्दाजी ३५.९५ अर्ब अमेरिकी डलर)लगानी गरेका छन्। यो लगानी अघिल्लो वर्षको तुलनामा ०.४ प्रतिशतले वृद्धि भएको हो।

यस्तै, विद्युत प्रसारण र वितरण (ग्रिड) परियोजनाहरूमा गरिएको लगानीमा पनि १९.८ प्रतिशतको वृद्धि भई कुल २०४ अर्ब युआन पुगेको उल्लेख गरिएको छ। 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : १५ बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको