रूसी राष्ट्रपति पुटिनले भने : इरानमाथि अमेरिकी-इजरायली आक्रमण अन्तर्राष्ट्रिय कानुनको गम्भीर उलङ्घन « Khabarhub

रूसी राष्ट्रपति पुटिनले भने : इरानमाथि अमेरिकी-इजरायली आक्रमण अन्तर्राष्ट्रिय कानुनको गम्भीर उलङ्घन


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

मस्को– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल र अमेरिकाले इरानमाथि गरेका आक्रमणहरूलाई अवैध र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेका छन्।

पुटिनले सोमबार इरानी विदेशमन्त्री अब्बास अराक्चीसँग क्रेमलिनमा भेटवार्ता गर्दै इजरायल र अमेरिकी कारबाहीहरू निराधार र अनुचित भएको बताएका हुन्।

इरानी मन्त्री अराक्ची मस्को आइपुगेपछि पुटिनसँग भेट गरेका थिए। उनले विशेषगरि अमेरिकी आक्रमणपछि उत्पन्न परिस्थितिमा यस भ्रमणको उद्देश्य रूससँग अझ नजिकको, स्पष्ट र गम्भीर परामर्श गर्नु रहेको बताएका थिए। 

भेटवार्ताको क्रममा पुटिनले इरानमाथिको आक्रमणलाई उक्साहटबिना गरिएको आक्रामकताको संज्ञा दिँदै भने, ‘यस्ता कार्यहरूको कुनै पनि औचित्य हुन सक्दैन।’

उनले थपे, ‘इजरायल र अमेरिकाको व्यवहार अवैध छ । यो अन्तर्राष्ट्रिय मान्यताहरूको उल्लङ्घन हो।’ रूसी राष्ट्रपति पुटिनले अराक्चीलाई मस्कोमा भेट्न पाएकोमा खुशी व्यक्त गरे। उनले भने, ‘यो भ्रमणले हामीलाई यी गम्भीर विषयमा छलफल गर्न र वर्तमान संकटको समाधानबारे संयुक्त रूपमा सोच्न मद्दत गर्नेछ।’

अराक्चीले पुटिनको मूल्यांकनमा सहमति जनाउँदै भने, ‘आजको दिनमा रूस इतिहास र अन्तर्राष्ट्रिय कानुनको सही पक्षमा उभिएको छ।’

अराक्चीले थप जोड दिए, ‘ुइरानले इजरायलमा लक्षित आक्रमण गरेर आफ्नो सार्वभौमिकताको वैध रक्षा गरिरहेको छ।’

इजरायल र अमेरिकाले इरान परमाणु हतियारको नजिक पुगेको चिन्ताका कारण आक्रमण आवश्यक रहेको बताएका छन् । तर इरानी अधिकारीहरूले बम बनाउने कुनै प्रयास नगरेको पटकपटक बताएका छन् । इरानी अधिकारीहरूले शान्तिपूर्ण परमाणु कार्यक्रम चलाउने अधिकार आफूहरूमा रहेको दाबी गर्दै आएका छन्।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : ४० बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक