थन्किएका प्रहरी भ्यान हस्तान्तरण गर्ने प्रदेश मन्त्रिपरिषद्को निर्णय « Khabarhub

थन्किएका प्रहरी भ्यान हस्तान्तरण गर्ने प्रदेश मन्त्रिपरिषद्को निर्णय


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी — सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुई महिनाअघि खरिद गरेका प्रहरी भ्यान प्रदेश प्रहरी प्रमुखको कार्यालयलाई हस्तान्तरण गरेको छ ।

बुधबार आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश प्रहरी प्रमुख डिआइजी तारिणिप्रसाद लम्साललाई ९ वटा गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

गत आर्थिक वर्षको असार मसान्तमा ३ करोड ३२ लाख ९१ हजारमा खरिद भएका ती गाडीहरु मन्त्रालयमा थन्किएका थिए । गाडी खरिद गरिएको भएपनि हस्तान्तरण गर्न कानून बाधक भएको भन्दै नयाँ गाडीहरु यत्तिकै थन्किएका थिए ।

ती गाडीहरु प्रदेश प्रहरी गठन भएपछि मात्र जिल्लालाई हस्तान्तरण गर्ने भन्ने बजेट शीर्षकमा उल्लेख भएकाले मन्त्रालयमै थन्किएका थिए ।

मंगलबार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्ले ती गाडीहरु जिल्लालाई हस्तान्तरण गरेसँगै वितरण गर्ने बाटो खुलेको हो ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  २ : ३१ बजे

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका

ओलीको तर्क : अहिले पनि एमाले २०७९ को रास्वपाभन्दा ठूलै छ, आत्तिनु पर्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ : सांसद अर्याल 

काठमाडौं– नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका