कृषि विकास बैंकको पाँच करोड ह्याकिङमा कैलाश विकास बैंकको ‘संलग्नता’ ! « Khabarhub

कृषि विकास बैंकको पाँच करोड ह्याकिङमा कैलाश विकास बैंकको ‘संलग्नता’ !



काठमाडौं– कृषि विकास बैंक ह्याकिङ प्रकरणमा अर्को एक बैंकको संलग्नता देखिएको प्रहरीले दाबी गरेको छ । कृषि विकास बैंकबाट भएको पाँच करोड ह्याकिङमा कैलाश विकास बैंकको संलग्नता देखिएको प्रहरीले दाबी गरेको छ ।

कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ ह्याक गरेर निकालिएको र उक्त रकम विभिन्न स्थानमा पठाइएको पाइएको प्रहरीले जनाएको छ । त्यसमध्ये १५ लाख रुपैयाँ कैलाश विकास बैंकमा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महानगरिय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी)सहकुल थापाले भने,‘कृषि विकास बैंकबाट निकालिएको करिब ५ करोड मध्ये १५ लाख रुपैयाँ कैलाश विकास बैंकको मास्टर खातामा ट्रान्सफर भएको देखिएको छ ।’

कृषि विकास बैंकको ह्याक भएको पैसा कसरी कैलाश विकास बैंकमा पुग्यो भन्ने विषयमा थप अनुसन्धान गर्ने र त्यसका लागि नेपाल राष्ट्र बैंकलाई पनि आग्रह गरिने एसएसपी थापाले बताए ।

१२ जना पक्राउ

कृषि विकास बैंकबाट भएको रकम ह्याकिङ प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जसमध्ये एक जना हुण्डी कारोबारीसमेत रहेका छन् । उनीहरुलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

ह्याकिङका नाइके भारतमा

कृषि विकास बैंक ह्याकिङमा भारतमा बस्ने व्यक्तिको संलग्नता देखिएको प्रहरीले जनाएको छ । भारतमा बस्ने ह्याकरले नेपालमा ११ जना एजेन्ट राखेको र ह्याकिङको पैसा उनीहरुको खातामा पठाउने गरेको पाइएको प्रहरी अनुसन्धानमा फेला परेको छ ।

ह्याकरले ५०/५० लाखका दरले उनीहरुको खातामा रकम पठाउने र नेपालमा रहेका व्यक्तिले त्यसको १० प्रतिशत आफूले राखेर बाँकी रकम हुण्डी मार्फत भारत पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  २ : ५५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन