नेपालको ‘घाम पावर’लाई विश्व जलवायु पुरस्कार « Khabarhub

नेपालको ‘घाम पावर’लाई विश्व जलवायु पुरस्कार


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा सौर्य ऊर्जाका उपकरण बेचबिखन र जडान गर्ने कम्पनी घाम पावरले सन् २०२५ को किलिङ कर्भ प्राइज प्राप्त गरेको छ ।

५० हजार अमेरिकी डलर बराबरको यो पुरस्कार विश्वभरबाट जलवायु परिवर्तनविरुद्ध प्रभावशाली समाधान गरेकालाई प्रदान गर्ने गरिन्छ ।

घाम पावरले ग्रामीण समुदायहरू र उ‌द्योगहरूलाई स्वच्छ तथा वितरण आधारित सौर्य ऊर्जामार्फत सशक्त बनाउँदै नेपालको जलवायु सहनशीलता निर्माणमा पुऱ्याएको योगदानका लागि यो पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ ।

केन्याको राजधानी नैरोबीमा आयोजना भएको टीईडी काउन्टडाउन समिटमा यो पुरस्कार घोषणा गरिएको हो, जहाँ विश्वभरका नेताहरू र नवप्रवर्तनकर्ताहरूको सहभागितामा जलवायु परिवर्तनविरुद्धका नवीन तथा क्रान्तिकारी विचार आदानप्रदान गरिएको थियो ।

घाम पावरले नेपालमा चार हजारभन्दा बढी सफल परियोजनाहरू पूरा गरिसकेको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १ : ३४ बजे

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका