नेपालको ‘घाम पावर’लाई विश्व जलवायु पुरस्कार « Khabarhub

नेपालको ‘घाम पावर’लाई विश्व जलवायु पुरस्कार


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा सौर्य ऊर्जाका उपकरण बेचबिखन र जडान गर्ने कम्पनी घाम पावरले सन् २०२५ को किलिङ कर्भ प्राइज प्राप्त गरेको छ ।

५० हजार अमेरिकी डलर बराबरको यो पुरस्कार विश्वभरबाट जलवायु परिवर्तनविरुद्ध प्रभावशाली समाधान गरेकालाई प्रदान गर्ने गरिन्छ ।

घाम पावरले ग्रामीण समुदायहरू र उ‌द्योगहरूलाई स्वच्छ तथा वितरण आधारित सौर्य ऊर्जामार्फत सशक्त बनाउँदै नेपालको जलवायु सहनशीलता निर्माणमा पुऱ्याएको योगदानका लागि यो पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ ।

केन्याको राजधानी नैरोबीमा आयोजना भएको टीईडी काउन्टडाउन समिटमा यो पुरस्कार घोषणा गरिएको हो, जहाँ विश्वभरका नेताहरू र नवप्रवर्तनकर्ताहरूको सहभागितामा जलवायु परिवर्तनविरुद्धका नवीन तथा क्रान्तिकारी विचार आदानप्रदान गरिएको थियो ।

घाम पावरले नेपालमा चार हजारभन्दा बढी सफल परियोजनाहरू पूरा गरिसकेको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १ : ३४ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर