टेबलटेनिस खेलाडी श्रेष्ठलाई माइक्रोले ठक्कर दियो, अस्पताल भर्ना | Khabarhub Khabarhub

टेबलटेनिस खेलाडी श्रेष्ठलाई माइक्रोले ठक्कर दियो, अस्पताल भर्ना


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ दुर्घटनामा परेका छन् ।

श्रेष्ठ सवार मोटरसाइकललाई माइक्रोबसले ठक्कर दिएपछि उनी घाइते भएका हुन् । घाइते श्रेष्ठको बबरमहलस्थित अन्नपुर्ण न्युरोमा उपचार भइरहेको छ ।

बिहान १२ बजेतिर बा १ ज ८८ ३१ नम्बरको माइक्रोबसले उनलाई बानेश्वरमा ठक्कर दिएको थियो । उनको खुट्टामा चोट लागेको छ । टेनिस खेलाडी नविता श्रेष्ठका अनुसार डाक्टरले उनलाई केहीदिन आराम गर्नुपर्ने भनेका छन् ।

भोलिबाट १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि टेबल टेनिस खेलको छनोट खेल हुँदैछ । छनोटको एकदिनअघि दुर्घटनामा परेका स्यान्टु प्रशिक्षकको सल्लाहअनुसार अघि बढ्नेछन् । उनी तीन पटकका टेबल टेनिस च्याम्पियन हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ५ : ०९ बजे

तीजमा रमाउँदै श्रद्धालु महिला (तस्बिरहरू) 

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज महादेवको

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँ– तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ

तीज पर्वले विभिन्न समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तीज पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

तीज : संस्कृति, मनोरञ्जन र सामाजिक जागरणको त्रिवेणी

नेपाल सांस्कृतिक र धार्मिक पर्वले भरिएको देश हो । यहाँका