काठमाडौंबाहेक अन्य महानगरको बजेट : पोखरा सबैभन्दा बढी, वीरगञ्ज कम  | Khabarhub Khabarhub

काठमाडौंबाहेक अन्य महानगरको बजेट : पोखरा सबैभन्दा बढी, वीरगञ्ज कम 


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाबाहेक देशको अन्य पाँच वटा महानगरले बजेट समयमा ल्याएका छन् । पाँच महानगरमा सबैभन्दा ठूलो बजेट पोखरा महानगरले ल्याएको छ, भने सबैभन्दा सानो आकारको बजेट वीरगञ्जले ल्याएको छ । 

पोखराले ८ अर्ब ३५ करोडको बजेट ल्याउँदा ३ अर्ब २२ करोड रुपैयाँ बराबरको मात्र ल्याएको छ । सबैभन्दा ठूलो बजेट ल्याउने काठमाडौंको भने बजेट आउने नआउने अन्योल छ । 

पोखरा महानगरको बजेट आठ अर्ब ३५ करोड

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आठ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ ।

महानगरपालिकाको १७औँ नगरसभा बैठकमा आइतबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गरेकी थिइन् ।

बजेटमा सङ्घीय सशर्त अनुदान तीन अर्ब १३ करोड, सङ्घीय राजस्व बाँडफाँट ३३ करोड आठ लाख, सङ्घीय समानीकरण अनुदान ५२ करोड ८७ लाख र प्रदेश समानीकरण अनुदान आठ करोड १५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै; आगामी वर्ष आन्तरिक आय पाँच अर्ब २२ करोड, स्थानीय राजस्व बाँडफाँट एक अर्ब एक करोड, प्रदेश राजस्व बाँडफाँट चार करोड २८ लाख हुने जनाइएको छ ।

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट 

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/२०८३ को लागि बजेट ल्याएको छ । 

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट ल्याएकी हुन् । 

चालु खर्चतर्फ दुई अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पुँजीगत तर्फ चार अर्ब ६७ करोड ९४ लाख र २३ हजार रुपैयाँ बजेट विनियोजन बज्राचार्यले गरेकी छन् । 

ललितपुरको चालु आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँ बजेट ल्याएको थियो ।

भरतपुरले ल्यायो पाँच अर्ब १९ करोडको बजेट

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । महानगरको  १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका थिए ।

कूल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट एक अर्ब ८० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख, सङ्घीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड चार लाख ४१ हजार अनुमान गरिएको छ ।

जनसहभागिताबाट पाँच करोड, बैङ्क मौज्दातबाट ७० करोड र सडक बोर्ड नेपालबाट तीन करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

विराटनगरको बजेट ४ अर्ब ४० करोड 

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेको छ । उप प्रमुख शिल्पा कार्कीले प्रस्तुत गरेको बजेटको आकार ४ अर्ब ४० लाख रुपैयाँको रहेको छ । 

बजेटमा समानीकरण अनुदान सङ्घ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १९ करोड २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, नगद मौज्दात १४ करोड, सङ्घीय सरकार सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र अन्य सङ्घ संस्थाबाट १६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख, ऋणको सावा व्याज भुक्तानीका लागि ५ करोड, चालु आवको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमहरूका लागि ८ करोड विनियोजन गरेको छ ।

वीरगन्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट

वीरगन्ज महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का सोमबार लागि तीन अर्ब २२ करोड ४८  लाख ४९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

महानगरको नगरसभाको १७औँ अधिवेशनमा महानगरका उपप्रमुख इम्तियाज आलमले आगामी आवको आयव्ययसहितको बजेट प्रस्तुत गरेका थिए ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार अर्थात् कुल बजेटको ७० दशमलव २४ प्रतिशत बजेट विनियोजन गरेको छ ।

त्यस्तै; महानगरले पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात् कुल बजेटको २८ दशमलव ६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख अर्थात् एक दशमलव १२ प्रतिशत विनियोजन गरेको  छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : २१ बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित