अनमोलसँग ‘ड्रिम्स’ मा काम गर्दा डरलाग्दो ‘बायसनेस’ थियो: साम्राज्ञी « Khabarhub

अनमोलसँग ‘ड्रिम्स’ मा काम गर्दा डरलाग्दो ‘बायसनेस’ थियो: साम्राज्ञी


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो फिल्मबाटै सफलताको स्वाद चाखिन् । चलचित्र ‘ड्रिम्स’ उनको डेब्यु फिल्म थियो । यो फिल्मबाट उनले राम्रो चर्चा पाए पनि शूटिङका बेलामा भने ‘बायसनेस’ भएको बताएकी छिन् ।

आफूले पहिलोपटक नै अनमोल केसीसँग होम प्रोडक्सनमा काम गर्दा निर्माण टिमले इग्नोर गरेको बताइन् ।

‘मेरो पहिलो फिल्म नै अनमोल केसीको होम प्रोडक्सनमा थियो त्यो फिल्मपछि त मैले अरु फिल्म नै नगर्ने निर्णय गरेकी थिएँ,’ साम्राज्ञीले भनिन्, ‘दर्शकले काम मन पराएपछि भने यही क्षेत्रमा केही गरौँ भन्ने लाग्यो ।’

शुरुका दिनमा आफू नयाँ भएको र सबैले अनमोललाई महत्त्व दिने तर आफूलाई मतलब नदिने गरेको उनले सुनाइन् । ‘हुन त यो क्षेत्रमा राम्रो र नराम्रो दुवै हुन्छ, अहिले भने सकारात्मक कुरालाई बढी फोकस दिइरहेकी छु,’ उनले भनिन् ।

‘पहिलो फिल्ममा गर्दा म त्यति बोल्न सक्ने खाले पनि थिइनँ, त्यतिबेला डरलाग्दै बायसनेस थियो,’ उनले दोहो¥याइन् ।

फिल्ममा अभिनय गर्दै आउँदा अहिले भने अनुभवले धेरै कुरा सिएको साम्राज्ञीको भनाइ थियो । फिल्म क्षेत्रमा सधै राम्रो गर्ने कोशिश गर्ने उनले बताइन् ।

साम्राज्ञी अभिनित फिल्म ‘मारुनी’ केही हप्ताअघि रिलिज भएको थियो । यो फिल्ममा उनले गरेको अभिनयबाट औसत प्रतिक्रिया पाइन् । आउँदो शुक्रबारबाट उनको अभिनय रहेको आठौं फिल्म ‘रातो टीका निधारमा’ रिलिज हुँदैछ ।

फिल्ममा उनले अंकित शर्मासँग जोडी बाँध्नेछिन् । यो फिल्मलाई अशोक शर्माले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ५ : ५३ बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन