काठमाडौंकै सडकको बेहाल : न हिँड्न सकिन्छ न गाडी गुडाउन (तस्बिरहरू) « Khabarhub

काठमाडौंकै सडकको बेहाल : न हिँड्न सकिन्छ न गाडी गुडाउन (तस्बिरहरू)


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कुनै पनि आयोजना समय सीमा भित्र सक्नु आश्चर्य जस्तै हुन्छ । कुनै पनि गौरवको आयोजना होस् या स्थानीय सरकारको सानातिना आयोजना समय भित्र नसक्नु यो नेपालको पुरानै रोग हो, यस्ता रोगले नेता तथा कार्यकर्ता र निर्माण व्यवसायी मोटाउने र जनताले सास्ती भोग्नु पर्ने परम्परा नै भएको छ । 

अहिले काठमाडौं महानगरपालिका वडा १६ र २६ का स्थानीयहरू यस्तै सास्ती भोग्न बाध्य भएका छन् ।कामपा वडा नं १६ निर्मल लामा मार्गको अमृत स्कुल अगाडिको सडक वर्षौं बित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । 

सडक हिलाम्मे भए पछि स्थानीयहरू मिली वडा कार्यालयमा दबाब दिए पछि भने अहिले ग्रबेलिङको काम सुरु गरिएको छ । यता वडा नं २६ ले निर्माणको जिम्मा लिएको म्हेपी सडकको अवस्था पनि अहिले हिलाम्मे भएको छ । 

माघ महिनादेखि सो सडकमा ढल व्यवस्थापनको काम सुरु गरी जेठमा ढल व्यवस्थापनको काम सकिए पनि बाँकी काम भने अगाडि बढ्न सकेको छैन । 

सो सडक प्रयोग गरी स्कुल जाने साना विद्यार्थी, अन्य पैदल यात्रु, दुई पाङ्ग्रे सवारी साधन र स्थानीयहरूले हिलाम्मे सडकका कारण दैनिक रूपमा सास्ती भोग्नु परेको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  १ : ०२ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन